बंगलादेशले पाँच महिना नेपालबाट ४० मेगावाट बिजुली पाउने
ढाका । बंगलादेशले भारत हुँदै नेपालबाट पाँच महिनाका लागि ५० मेगावाट बिजुली प्राप्त गर्ने भएको छ । सन् २०२५ को जुनदेखि नोभेम्बरसम्म बंगलादेशले नेपालबाट बिजुली पाउने भएको हो ।
यस विषयमा बंगलादेश, नेपाल र भारतबिच गत वर्षको अक्टोबर ३ मा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशको वाणिज्य सल्लाहकार एसके बसिर उद्दिनको बिच शनिबार भएको भेटमा यो कुरा खुलाइएको हो ।
द बिजनेस स्टान्डर्डमा प्रकाशित समाचारअनुसार दुई जना बिचको छलफल द्विपक्षीय व्यापारलाई सुधार गर्ने, विद्युत् निर्यात, कनेक्टिभिटी र आगामी नेपाल इकोनोमिक समिटका विषयमा केन्द्रित रहेको थियो ।
वाणिज्य सल्लाहकारले दुवै राष्ट्रको आर्थिक विकासलाई बढवा दिनका लागि कनेक्टिभिटी सुदृढ पार्नुपर्नेमा जोड दिएका थिए । उनले रणनीतिक साझेदारी सुनिश्चित गर्न दीर्घकालीन योजनाहरूमा काम गर्नुपर्ने बताएका थिए ।
यसै गरी राजदूत भण्डारीले बंगलादेशसँगको नेपालको सम्बन्ध ऐतिहासिक रहेको बताउँदै नेपालले बंगलादेशबाट कृषि उत्पादन आयत गर्ने गरेको बताए । त्यस्तै, उनले भविष्यमा बंगलादेशमा विद्युत् निर्यातको मात्रा बढाउने आशा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण