एमसीसी कहिल्यै ठिक भनेका थिएनौ : घनश्याम भुसाल
सोमबार, १२ फागुन २०८१, १४ : ०६
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफ्नो पार्टीले एमसीसी कहिल्यै पनि ठिक छ भनेर नभनेको बताएका छन् । केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव भुसालले पार्टीले एमसीसी ठिक कहिल्यै नभनेको बताएका हुन् ।
‘एमसीसी हामीले संस्थागत रूपमा कहिल्यै पनि ठिक भनेनौ’, उनले भने, ‘यो कुरा दुनियाँलाई जानकारी होस्, नेकपा एकीकृत समाजवादीका लागि एमसीसी ठिक कहिल्यै रहेन ।’
उनले एमसीसी कसरी ठिक हुनसक्छ भनेर प्रस्ताव उठाएको भन्दै व्याख्यात्मक टिप्पणीमा पनि केही कमजोरी भएका हुनसक्ने बताए । भुसालले एमसीसीको लेखापरीक्षण लगायतमा रिजर्भेसन रहेको भन्दै पार्टी संस्थागत रूपमा एमसीसीको पक्षमा नरहेको प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण