आईसीसी च्याम्पियन्स ट्रफी
न्युजिल्याण्डसामु २ सय ३६ रनमा समेटियो बंगलादेश
सोमबार, १२ फागुन २०८१, १८ : २६
रावलपिन्डी । आईसीसी च्याम्पियन्स ट्रफीमा समूह ए अन्तरगतको खेलमा बंगलादेशले न्युजिल्याण्डसामु जितका लागि २ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३६ रन बनाएको हो ।
टोलीका लागि ओपनर नजमुल होसेन शान्तोले सर्वाधिक ७७ रनको योगदान दिए । उनले ११० बलको सामना गर्दै ९ चौका प्रहार गरे । त्यसैगरी जाकेर अलीले ५५ बलमा ४५ रनको इनिङ्स खेले । उनले ३ चौका र १ छक्का हिर्काए ।
रिसाद होसेनले २६ रन तथा तान्जिद हसनले २४ रन जोडे । बंगलादेशले अतिरिक्त रनका रुपमा २५ रन पाएको थियो ।
न्युजिल्याण्डका लागि माइकल ब्रेसवेलले घातक बलिङ गर्दै १० ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । विल ओ’रोर्कले २ विकेट तथा म्याट हेनरी र कायल जेमिसनले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण