साबिक विजेतालाई हराएर पहिलो सहभागितामै चर्च ब्वाइजलाई उपाधि
काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइजले हात पारेको छ। सोमबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको फाइनल खेलमा साबिक विजेता मच्छिन्द्र क्लबलाई १-० गोलले हराउँदै चर्च ब्वाइजले उपाधि हात पारेको हो ।
चर्च ब्वाइजको उपाधि दिलाउन समीर तामाङ नायक बने । उनले खेलको ४७ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच का तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
उपाधिसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता मच्छिन्द्रले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । चर्च ब्वाइजले पहिलो सहभागितामै गोल्डकपको उपाधि जितेको हो । मच्छिन्द्रले थ्री स्टारलाई र चर्च ब्वाइजले एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका सन्तोष खत्री घोषित भए । उनले १ लाख १ हजार १ सय १ रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका टेकेन्द्र थापा, डिफेन्डर मच्छिन्द्रका देवेन्द्र तामाङ, मिडफिल्डर मच्छिन्द्रका रोशन राना मगर, फरवार्ड चर्च ब्वाइजका समीर तामाङ र प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले जनही २५-२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
पालिका खेलकुद विकास समितिले गाउँपालिकाको खेलकुद क्षेत्रको महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै रेडियो झुरझुरेका स्टेसन म्यानेजर विवेक सिंतानलाई १५ राशिको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।
बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको सभाध्यक्ष तथा बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यमा भएको पुरस्कार वितरण कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फडिन्द्र कुमार तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, एन्फा केन्द्रीय सदस्य टीका लामा लगायतको आतिथ्य रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण