३ करोड लगानीमा बालुवाटारमा खुल्यो मेलुङ थकाली
काठमाडौँ । काठमडौंको बालुवाटारमा मेलुङ थकालीको नयाँ आउटलेट सञ्चालनमा आएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ वर्षअघि सञ्चालनमा आएको मेलुङ थकालीको आठौँ आउटलेटको रुपमा बालुवाटारमा मेलुङ थकाली सञ्चालनमा ल्याइएको सञ्चालक बसन्त लामाले जानकारी दिए।
दोलखा आफ्नो गाउँलाई ब्रान्डिङ गर्ने उद्देश्यका साथ २ वर्षअघि मेलुङ थकाली नामकरण गरी रेस्टरेन्टहरू सञ्चालन ल्याएको बताए। सञ्चालक लामाका अनुसार मेलुङ थकालीमा ३ करोड लगानी भएको छ।
रेस्टरेन्ट आन्तरिक र विदेशी पाहुनालाई लक्षित गरी इटालियन र अमेरिकी परिकारलाई पनि जोड दिइएको उनको भनाइ छ। रेस्टुरेन्टले माछा, बासमती चामल, गुन्द्रुक, भटमास, टिमुर, जिम्बु, बेसारलगायत अर्गानिक खाद्य सामग्री दोलखाबाटै ल्याइएको उनले बताए।
रेस्टरेन्टमा एकसाथ २५० जनाभन्दा बढीले खाना खान सक्ने क्षमता तथा ३० भन्दा बढी गाडी पार्किङ गर्न सकिने व्यवस्थासमेत बनाइएको उनले बताए।
बालुवाटारमा सञ्चालनमा आएको मेलुङ थकालीमा मेलुङ गाउँपालिकाको ७ वटै वडाको नाममा कोठा बनाइएको छ। गाउँलाई सहरमा ब्रान्डिङ गर्ने उद्देश्यका साथ रेस्टुरेन्टका कोठाहरूको नामकरण गरिएको सञ्चालक लामाको भनाइ छ। रेस्टरेन्टमा पवटी, सुकाठोकर, घ्याङ, भेडपु, डाडाखर्क, मेलुङ र विरौटा नाम राखिएको छ।
यस्तै, मार्फासहित हिमाली गाउँको झल्को दिने गरी दाउरा, माने, ढुंगालगायत संरचना राखिएका छन्। खान आउनेलाई थकाली समुदायकै घरमा पुगेको आभास हुने गरी भित्ताहरू सजावट गरिएको छ। ‘यो विशुद्ध खाना खाने ठाउँ मात्र हैन, रिफ्रेसमेन्ट गर्ने प्रमुख थलो पनि हो,’ सञ्चालक लामाले भने, ‘बालबालिकालाई खेल्ने ठाउँदेखि मिटिङ गर्न आवश्यक हलहरूसमेत छ।’
दोलखा मेलुङ गाउँपालिका-३ घ्याङ सुकाठोकरका वडाध्यक्षसमेत रहेका लामा द बर्गर हाउसका सञ्चालकसमेत हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण