न्युजिल्याण्डको जितसँगै आयोजक पाकिस्तान ‘आउट’
रावलपिन्डी । आईसीसी च्याम्पियन्स ट्रफीमा समूह ए अन्तरगतको खेलमा न्युजिल्याण्डले बंगलादेशलाई ५ विकेटले पराजित गरेको छ । जितका लागि २ सय ३७ रनको लक्ष्य पाएको न्युजिल्याण्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो ।
न्युजिल्याण्डको जितसँगै बंगलादेश र आयोजक तथा साबिक विजेता पाकिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् । समूहबाट न्युजिल्याण्ड र भारतले सेमिफाइनलमा स्थान बनाएका छन् । दुवै टोलीले दुई–दुई खेल जितेका छन् । अब दुई टोलीबिच आइतबार दुबईमा हुने खेलले समूह विजेताको टुंगो लाग्नेछ ।
सोमबार भएको खेलमा न्युजिल्याण्डका लागि रचिन रवीन्द्र नायक बने । १५ रनमा २ विकेट गुमाइसकेको अवस्थामा उनले शानदार ब्याटिङ गर्दै शतक बनाए । १०५ बलको सामना गरेका रवीन्द्रले १२ चौका र १ छक्का हिर्काउँदै ११२ रन जोडे ।
उनलाई टम ल्याथमले ५५ रन बनाउँदै साथ दिए । ल्याथमले ३ चौका हिर्काए । ओपनर डेभोन कनवेले पनि ३० रनको योगदान दिए । खेलको अन्तयतिर ग्लेन फिलिप्सले २१ रन बनाउँदै टोलीलाई जितसम्म डोर्याए ।
बंगलादेशका लागि तक्सिन अहमद, नाहिद राना, मुस्तफिजुर रहमान र रिसाद होसेनले १–१ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३६ रन बनाएको थियो ।
टोलीका लागि ओपनर नजमुल होसेन शान्तोले सर्वाधिक ७७ रनको योगदान दिए । उनले ११० बलको सामना गर्दै ९ चौका प्रहार गरे । त्यसैगरी जाकेर अलीले ५५ बलमा ४५ रनको इनिङ्स खेले । उनले ३ चौका र १ छक्का हिर्काए ।
रिसाद होसेनले २६ रन तथा तान्जिद हसनले २४ रन जोडे । बंगलादेशले अतिरिक्त रनका रूपमा २५ रन पाएको थियो । न्युजिल्याण्डका लागि माइकल ब्रेसवेलले घातक बलिङ गर्दै १० ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । विल ओ’रोर्कले २ विकेट तथा म्याट हेनरी र कायल जेमिसनले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण