शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल

सोमबार, १२ फागुन २०८१, २३ : ००
सोमबार, १२ फागुन २०८१

चितवन । प्रेस चौतारी नेपाल बागमती प्रदेश अध्यक्षमा तिलकराम रिमाल सर्वसम्मत चयन भएका छन् । चौतारीको बागमती प्रदेश समितिको आज नारायणगढमा सम्पन्न दोस्रो अधिवेशनले रिमालको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट २८ सदस्य चयन भएका र तीन जनापछि थप गरिने नवनिर्वाचित अध्यक्ष रिमालले जानकारी दिए । उनका अनुसार समितिको उपाध्यक्षमा उज्ज्वल पौडेल, उपाध्यक्ष (महिला) तारादेवी बस्नेत र महासचिवमा प्रकाश दाहाल सर्वसम्मत भएका हुन् ।

यस्तै, सचिवमा गोविन्द घिमिरे, लक्ष्मण घिमिरे, भोलाराज पौडेल, रूपक कोइराला, समावेशी सचिवमा नवराज श्रेष्ठ, जगमान तामाङ र कोषाध्यक्षमा रामशरण दुलाल सर्वसम्मत भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप