झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
भद्रपुर । भुटानको डागा युनाइटेड एफसी दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै सेमिफाइनलको समीकरण पूरा भएको छ ।
मेची रङ्गशालामा सोमबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा विभागीय टोली एपिएफलाई ३-२ गोल अन्तरले पराजित गर्दै डागा युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो । डागा युनाइटेडले फाइनल प्रवेशका लागि झापा–११ सँग खेल्नेछ ।
डागा युनाइटेडका लागि खेलको ३४औँ मिनटमा लाक्पा पाख्रिनले गोल गर्दै अग्रता दिलाएका हुन् । खेलको ३६औँ मिनटमा सोही टोलीका हेमराज भुजेलले ३६औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । दबाबमा रहेको एपिएफ पहिलो हापमा २-० ले पछि परेको थियो ।
खेलको ५९औँ मिनटमा एपिएफका दिपेश धिमालले एक गोल फर्काउँदै टोलीलाई २-१ को स्थितिमा पुर्याएका थिए । खेलको ६३ औँ मिनटमा दागा युनाइटेडका भुजेलले दोस्रो गोल गर्दै ३-१ को अग्रता बनाएका हुन् । खेलको इञ्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै एपिएफका सुमन श्रेष्ठले गोल गर्दै टोलीलाई ३-२ को स्थितिमा पुर्याएका थिए ।
दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसकेपछि जारी गोल्डकपबाट विभागीय टोली बाहिरिएको छ । मङ्गलबार पहिलो सेमिफाइनलका खेल आयोजक भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद १३ लाख र उपविजेता टोलीले नगद सात लाख प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण