सोफीको शानदार प्रदर्शन, सुपर ओभरमा स्तब्ध बन्यो बैंगलुरु
बैंगलुरु । महिला प्रिमियर लिगमा साबिक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु सुपर ओभरमा यूपी वारियर्ससँग पराजित भएको छ । यूपीकी सोफी एक्लेस्टोनले शानदार बलिङ गरेपछि बैंगलुरुले ९ रनको लक्ष्य पछ्याउन सकेन ।
सुपर ओभरमा बैंगलुरुले ४ रन मात्र बनाउन सक्यो । ऋचा घोष र स्मृति मन्धानाले २–२ रन जोडे । यसअघि, सुपर ओभरमा पहिले ब्याटिङ गरेको यूपीले १ विकेटको क्षतिमा ८ रन बनाएको थियो । चिनेले हेनरीले ४ तथा ग्रेस ह्यारिस र एक्लेस्टोनले १–१ रन जोडेका थिए ।
निर्धारित समयको खेलमा बैंगलुरुले पहिले ब्याटिङ गरेको थियो । एल्से पेरीले नटआउट रहँदै ९० रन जोडेपछि टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८० रन बनाएको थियो । पेरीले मात्र ५६ बलको सामना गरेर ९ चौका र ३ छक्का प्रहार गरिन् ।
उनलाई डेनी वायट हजले ४१ बलमा ५७ रन बनाएर राम्रो साथ दिइन् । हजले ४ चौका र ३ छक्का प्रहार गरिन् । अन्त्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यूपीका लागि चिनेले हेनरी, दीप्ति शर्मा र ताहलिया म्याकग्राथले १–१ विकेट लिए । बैंगलूरका ३ खेलाडी रन आउट भएका थिए ।
जवाफी ब्याटिङमा उत्रेको यूपीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १८० रन बनाएपछि खेल बराबरी भएको थियो । टोलीका लागि एक्लेस्टोनले १९ बलमा ३३ रन बनाइन् । उनले १ चौका र ४ छक्का हिर्काइन् ।
त्यस्त्ै, स्वेता शेरावतले ३१ रन, कप्तान दीप्ति शर्माले २५ रन तथा किरन नाभगिरेले २४ रनको योगदान दिइन् । बैंगलुरुका लागि स्नेह रानाले ३ विकेट तथा रेनुका सिंह र किम गार्थले २–२ विकेट तथा एल्से पेरीले १ विकेट लिए ।
चार खेलपछि ४ अंक बटुल्दै बैंगलुरु शीर्ष स्थानमा रहेको छ । यूपीको पनि ४ अंक छ । तर, नेट रनरेटको आधारमा टाली तेस्रो स्थानमा छ । एक खेल कम खेलेको मुम्बई ४ अंकसहित दोस्रो स्थानमा छ । गुजरात भने २ अंक बटुलेर पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
-
चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा
-
चितवन प्रहरीद्वारा सापकोटा सम्मानीत
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026