तीनपटक आयोजक, दुईपटक फाइनलमा तर, सधैँ अभागी
मङ्गलबार, १३ फागुन २०८१, ०९ : ४१
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको इतिहासमा इंग्ल्याण्ड सबैभन्दा अभागी राष्ट्र हो । इंग्ल्याण्डले पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । हालसम्म तीनपटक इंग्ल्याण्डले यो प्रतियोगिताको सफल आयोजना पनि गरिसकेको छ ।
तर, हालसम्म इंग्ल्याण्डले च्याम्पियन्स ट्रफीको उपाधि भने जित्न सकेको छैन । सन् २००४ मा आफैले प्रतियोगिता आयोजना गर्दा इंग्ल्याण्ड फाइनलमा पुगेको थियो । तर, फाइनलमा वेस्ट इन्डिजसँग पराजित भयो ।
सन् २०१३ मा पनि आफै आयोजक हुँदा इंग्ल्याण्ड फाइनलमा पुग्यो । तर, त्यतिबेला पनि इंग्ल्याण्डको टोली फाइनलमा भारतसँग पराजित भयो ।
सन् २०१७ मा पनि इंग्ल्याण्डले च्याम्पियन्स ट्रफी आयोजना गरेको थियो । तर, त्यतिबेला इंग्ल्याण्डको टोली सेमिफाइनलमै पाकिस्तानसँग पराजित हुन पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण