तीनपटक आयोजक, दुईपटक फाइनलमा तर, सधैँ अभागी
मङ्गलबार, १३ फागुन २०८१, ०९ : ४१

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको इतिहासमा इंग्ल्याण्ड सबैभन्दा अभागी राष्ट्र हो । इंग्ल्याण्डले पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । हालसम्म तीनपटक इंग्ल्याण्डले यो प्रतियोगिताको सफल आयोजना पनि गरिसकेको छ ।
तर, हालसम्म इंग्ल्याण्डले च्याम्पियन्स ट्रफीको उपाधि भने जित्न सकेको छैन । सन् २००४ मा आफैले प्रतियोगिता आयोजना गर्दा इंग्ल्याण्ड फाइनलमा पुगेको थियो । तर, फाइनलमा वेस्ट इन्डिजसँग पराजित भयो ।
सन् २०१३ मा पनि आफै आयोजक हुँदा इंग्ल्याण्ड फाइनलमा पुग्यो । तर, त्यतिबेला पनि इंग्ल्याण्डको टोली फाइनलमा भारतसँग पराजित भयो ।
सन् २०१७ मा पनि इंग्ल्याण्डले च्याम्पियन्स ट्रफी आयोजना गरेको थियो । तर, त्यतिबेला इंग्ल्याण्डको टोली सेमिफाइनलमै पाकिस्तानसँग पराजित हुन पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै