सुशासन र विकासका लागि वर्तमान सरकार बनेको हो : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि वर्तमान सरकार बनेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले केही भएको छैन भन्नेकुरा गलत भएको भन्दै अझै धेरै कुरा गर्न बाँकी रहेको स्वीकार गर्नुपर्ने बताए । उनले आफू यसअघि ३ वर्ष प्रधानमन्त्री बन्दा असाधारण परिवर्तन गरेको तर त्यसपछि बनेका सरकारहरूले काम अघि नबढाउँदा विकास अघि बढ्न नसकेको बताए । उनले दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाउनु पनि विगतमा रोकिएका विकास निर्माणका कामहरू अघि बढाउनु रहेको बताए । देशमा सुशासन र विकासको गति तीव्र बनाउन सरकारले काम गरिरहेको उनले बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘केही भएको छ, अझै धेरै गर्न बाँकी छ । केही भएको छ । म दावाका साथ भन्छु तीन वर्ष म प्रधानमन्त्री हुँदा अहिलेसम्म असाधारण परिवर्तन भयो । त्यो प्रगतिलाई बिचको तीन वर्षले धान्न सकेन ’
प्रधानमन्त्री ओलीले नेपाली बालबालिकाहरु मुस्कुराएको आफूहरूले हेर्न चाहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण