सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
काठमाडौँ । फिल्म ‘माग्ने राजा’को छायाङ्कन सुरु भएको छ । महाशिवरात्रिको अवसर पारेर निर्माण युनिटले सूर्यविनायक मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरेको हो । फिल्मको छायाङ्कन काभ्रेको बल्थलीबाट सुरु भएको फिलमका लेखक सामिप्यराज तिमिल्सेनाले जानकारी दिए ।
एउटा गरिबको धनि बन्ने महत्वकांक्षाको कथामा निर्माण हुन लागेको फिल्म ऋषि लामिछानेले निर्देशन गर्दैछन् । फिल्मका निर्माता मुनाल घिमिरे हुन् । नरेन्द्र मैनालीको छायाङ्कन रहने फिल्मको रिलिज मिति आगामी हरितालिका तीज बताइएको छ ।
फिल्ममा केदार घिमिरे (माग्ने बुढा), आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई र शिशिर वाङ्देल लगायतको मुख्य भूमिका रहनेछ । दर्शकले माग्ने बुढा र तक्मे बुढाको जोडीलाई दशकपछि यसै फिल्म मार्फत पर्दामा हेर्न पाउनेछन् ।
फिल्म आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण