लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
बुधबार, १४ फागुन २०८१, १२ : २८
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको इतिहासमा लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र अस्ट्रेलिया हो । अन्य टोलीले लगातार दुई पटक उपाधि जित्न सकेका छैनन् ।
सन् २००६ मा च्याम्पियन्स ट्रफीको उपाधि अस्ट्रेलियाले जितेको थियो । अस्ट्रेलियाले फाइनलमा वेस्ट इन्डिजलाई हराएको थियो ।
त्यसलगत्तै सन् २००९ मा दक्षिण अफ्रिकामा आयोजित च्याम्पियन्स ट्रफीमा पनि अस्ट्रेलियाले नै उपाधि चुमेको थियो । अस्ट्रेलियाले त्यतिबेला फाइनलमा आफ्नो छिमेकी प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई हराएको थियो ।
यसका अतिरिक्त भारतले मात्र दुई पटक च्याम्पियन्स ट्रफीको उपाधि जित्न सकेको छ । तर, भारतले फरक–फरक संस्करणमा उपाधि जितेको हो । भारतीय टोली सन् २००२ मा श्रीलंकासँगै संयुक्त रूपमा उपाधि विजेता बनेको थियो । त्यसपछि सन् २०१३ मा पनि भारतले उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण