‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ताले गरिन् नेपाली युवकसँग विवाह
काठमाडौंँ । बलिउड फिल्म ‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ता कोली नेपालकाे बुहारी बनेकी छन् । नेपाली युवक वृशांक खनालसँग मंगलबार उनले विवाह गरेकी हुन् । जसको जानकारी कोलीले सामाजिक संजाल इष्टाग्रामबाट दिएकी छन् ।
उनीहरुको विवाह भारतको खालापुर सहरमा रहेको एक पाँचतारे रिसोर्टमा भएको हो । विवाहमा वृशांकले सेतो रंगको शेरवानी र प्रजक्ताले लेहंगा लगाएकी थिइन् । विवाहको केही तस्वीरमा प्रजक्ताले नौगेडी र लामो तिलहरी लगाएको देखिन्छ । उनीहरुको विवाह हिन्दू परम्पराअनुसार अनुमान लगाउन सकिन्छ ।
उनलाई बलिउड कलाकारहरु मनिषा कोइराला, हुमा कुरैसी, दीया मिर्जा, विक्रान्त मेस्सी, अनन्या पाण्डे, जरिन खान लगायतले बधाई दिएका छन् । ‘जुगजुग जियो’मा उनले अभिनेता वरुण धवनकी बहिनीको भूमिकामा अभिनय गरेकी थिइन् ।
वृशांक र प्रजक्ता मुम्बई विश्वविद्यालयमा सँगै अध्ययन गर्ने सन् २०११ देखि प्रेम सम्बन्धमा रहेको बताइन्छ । वृशांक कर्पोरेट लयर हुन् । प्रजक्ताले भने हिन्दी फिल्म तथा वेब सिरिजमा काम गर्दै आइरहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण