पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
सारांश
- पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसी सूचीमा परेको छ ।
- तत्कालीन सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतकाे इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
- भारतीय रुपैयाँ ३२ लाख ५० हजार पर्ने शव दाह मेसिनलाई नेपाली रुपैयाँ १ करोड ५२ लाख पर्ने देखाई भ्रष्टाचार गरेको अभियोग छ ।
काठमाडौँ । पशुपतिको शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसी सूचीमा राखिएको छ ।
पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.मिलनकुमार थापासहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तय भएको छ ।
यो मुद्दा विशेष अदालतमा दर्ता भएपछि १३ औँ पटक पेसी तोकिएको छ । यो मुद्दामा एक पटक विशेषज्ञ झिकाउने आदेश भएको छ भने दुई पटक अन्य आदेश र दुई पटक बहस नोट पेस गर्ने आदेश भइसकेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असार ८ गते पशुपतिको शव दाह मेसिन खरिद प्रकरणमा सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो । सो मुद्दामा सदस्य सचिव डा.थापासहित तत्कालीन निमित्त सदस्य सचिव राजुकुमार खत्री,तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सिताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरीलगायतलाई प्रतिवादी बनाइएको छ ।
प्रतिवादीहरू विरुद्ध भारतीय रुपैयाँ ३२ लाख ५० हजार पर्ने शव दाह मेसिनलाई नेपाली रुपैयाँ १ करोड ५२ लाख पर्ने देखाई एवं प्रचलित कानुनले दिएको छुटसमेत लागत अनुमानमा जोडेर अस्वाभाविक रूपले बढी लागत अनुमान तयार गरेको अभियोग छ ।
खरिदमा आवश्यक प्राविधिक दस्ताबेज, प्रतिस्पर्धात्मक बोलपत्र र स्थलगत निरीक्षण नै नगरेको अभियोग पत्रमा उल्लेख छ । ठेक्का सम्झौतामा उल्लेखित काम सम्पन्न नगरीकनै १ करोड ८२ लाखको अग्रिम भुक्तानी समेत गरिएको देखिएको छ आयोगको अभियोग पत्रमा उल्लेख छ ।
त्यसैगरी पशुपति क्षेत्र विकास कोषका लेखा अधिकृत चन्द्रप्रसाद खनाल, पुल्चोक क्याम्पस इलेक्ट्रिकल विभाग प्रमुख उपप्राध्यापक युवराज अधिकारी,पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार तथा मूल्याङ्कन समिति सदस्य लैनबहादुर थापा, सप्लायर्स कम्पनी म्याप इन्टरप्रिनियर्सका सञ्चालकद्वय मनोज पुरी र यदुनन्दन भट्टराई र एप्पल इन्जिनियरिङका प्रबन्ध निर्देशक सुरज चापागाईँलाई समेत सो मुद्दामा प्रतिवादी बनाइएको छ । प्रतिवादीहरूसँग जनही एक करोड ८२ लाख बिगो माग दाबी लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण