भूकम्पमा पारेपछि डरले २ वर्षदेखि गुफाको बास
अंकारा । सन् २०२३ मा गएको शक्तिशाली भूकम्पमा आफ्नो घर गुमाएपछि टर्कीका एक व्यक्ति दुई वर्षदेखि एक्लै एउटा गुफामा बस्दै आइरहेका छन् । यो मानव निर्मित भवनभन्दा सुरक्षित रहेको उनको भनाई छ ।
सन् २०२३ को फेब्रुअरी ६ टर्की र सिरियामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर करिब ६० हजार जनाले ज्यान गुमाएका थिए भने धेरै स्थान संरचनाहरू ध्वस्त भएका थिए ।
३ जना सन्तानको पिता रहेका अलि बोजोग्लानले पनि उक्त भूकम्पमा आफ्नो घर गुमाए । भूकम्पमा उनको परिवार सुरक्षित रहे पनि उनी उक्त घटनापछि यति डराए कि उनी मानव निर्मित भवनमा बस्नै चाहेनन् । बरु, उनले सहरबाहिर एउटा सानो गुफा भेट्टाए र त्यहाँ बस्न थाले ।
उनले परिवारलाई पनि त्यहीँ बस्नका लागि सम्झाउन खोजे । तर, परिवारले नमानेपछि उनले अहिले त्यहाँ एक्लै बस्दै आएका छन् । ‘मैले यहाँ शान्ति पाएको छु,’ उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘यो गुफा हजारौँ वर्षदेखि रहेको छ र भत्केको छैन ।’
उनीबारे थाहा पाएपछि त्यहाँको जिल्ला सरकारले उनलाई एउटा कन्टेनरबाट बनाइएको आरामदायी घर प्रदान गर्ने प्रस्ताव गरेको थियो । तर, अलीले उक्त अफर अस्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण