भूकम्पमा पारेपछि डरले २ वर्षदेखि गुफाको बास

अंकारा । सन् २०२३ मा गएको शक्तिशाली भूकम्पमा आफ्नो घर गुमाएपछि टर्कीका एक व्यक्ति दुई वर्षदेखि एक्लै एउटा गुफामा बस्दै आइरहेका छन् । यो मानव निर्मित भवनभन्दा सुरक्षित रहेको उनको भनाई छ ।
सन् २०२३ को फेब्रुअरी ६ टर्की र सिरियामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर करिब ६० हजार जनाले ज्यान गुमाएका थिए भने धेरै स्थान संरचनाहरू ध्वस्त भएका थिए ।
३ जना सन्तानको पिता रहेका अलि बोजोग्लानले पनि उक्त भूकम्पमा आफ्नो घर गुमाए । भूकम्पमा उनको परिवार सुरक्षित रहे पनि उनी उक्त घटनापछि यति डराए कि उनी मानव निर्मित भवनमा बस्नै चाहेनन् । बरु, उनले सहरबाहिर एउटा सानो गुफा भेट्टाए र त्यहाँ बस्न थाले ।
उनले परिवारलाई पनि त्यहीँ बस्नका लागि सम्झाउन खोजे । तर, परिवारले नमानेपछि उनले अहिले त्यहाँ एक्लै बस्दै आएका छन् । ‘मैले यहाँ शान्ति पाएको छु,’ उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘यो गुफा हजारौँ वर्षदेखि रहेको छ र भत्केको छैन ।’
उनीबारे थाहा पाएपछि त्यहाँको जिल्ला सरकारले उनलाई एउटा कन्टेनरबाट बनाइएको आरामदायी घर प्रदान गर्ने प्रस्ताव गरेको थियो । तर, अलीले उक्त अफर अस्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
-
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’
-
इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय, पैसा लिएको जवानले स्वीकारेनन्
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय
-
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश