एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
बुधबार, १४ फागुन २०८१, २१ : २९
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिले बैठक आह्वान गरेको हो । संयोजक शेष घलेले उच्चस्तरीय समितिसहित एनआरएनए अभियन्ता, एनसीसीको संयुक्त बैठक बोलाएका हुन् ।
बिहीबार अपराह्न बस्ने बैठकमा मेम्बरसिप पोर्टल, मे ३ देखि ५ तारिखसम्म हुने एकताको महाधिवेशनलगायतका सम्पूर्ण विषयमा जानकारी प्रदान गरिने समितिका सदस्य विनोद कुँवरले जानकारी दिए । भर्चुअल माध्यमबाट हुने बैठकमा उपस्थितिका लागि समितिले सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ ।
गत चैत २१ गते सर्वोच्च अदालतको फैसलाअनुसार बनेको समितिले एकताको महाधिवेशन गर्न तयारी गरिरहेको छ । तर, एनआरएनएकै एउटा समूहले भने घलेको नेतृत्वमाथि प्रश्न उठाउँदै आएको छ । जसका कारण संघभित्र अन्योलता भने रहेको अभियन्ताहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण