बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
बुधबार, १४ फागुन २०८१, २२ : ३२
काठमाडौं । नबिल बैंकले फोन लोन अन्तर्गत ऋण लिएर नतिर्ने ७४ व्यक्तिको नाम सार्वजनिक गरेको छ । बैंकसँग गरिएको कारोबारको इतिहासको आधारमा बैंकले विश्वास गरेर दुई लाख रुपैयाँसम्म बिना धितो ऋण दिएका ग्राहकले ऋण नतिरेपछि बैंकले नाम सार्वजनिक गरेको हो ।
खासगरी बैंकले विभिन्न संस्थामा काम गरी नियमित रुपमा बैंक पेरोलमार्फत् तलब भुक्तानी हुँदै आएका व्यक्तिलाई त्यस्तो रकमको आधारमा २ लाख रुपैयाँसम्म कर्जा दिँदै आएको थियो । यसका लागि बैंकसम्म जानु नपर्ने र धितो पनि नचाहिने व्यवस्था गरेको थियो ।
तर, त्यसरी ऋण लिएर तिर्न असमर्थ भएका व्यक्तिको नाम सार्वजनिक गर्दै ३५ दिनभित्र त्यस्तो कर्जा तिर्न बैंकले आग्रह गरेको हो । सो अवधिभित्र सम्पर्कमा नआएमा ऋणीलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने बैंकको रिपोर्टमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण