नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (नेशनल प्याब्सन) का तीन पूर्वअध्यक्षहरूले यही फागुन १५ र १६ गते हुने मधेस प्रदेशको वीरगञ्जमा आयोजना हुने आठौँ राष्ट्रिय महाधिवेशन वैधानिक हुने जिकिर गर्दै त्यसमा सहभागी हुन आह्वान जारी गरेका छन् ।
आसन्न महाधिवेशनका सन्दर्भमा पूूर्व अध्यक्षहरू गीता क्षेत्री, कर्णबहादुर शाही र ऋतुराज सापकोटाले आज संयुक्त आह्वान जारी गरेका हुन् । संस्थाका अध्यक्ष पाण्डव हमाल ठकुरी र पक्षले वीरगञ्ज र अर्का एक अध्यक्ष सुवास न्यौपाने पक्षले काठमाडौँ महाधिवेशन गर्ने भनी सूचना सम्प्रेषण गरेकामा बारा जिल्ला नेशनल प्याब्सनको संयोजन र मधेस प्रदेशका आठवटै जिल्लाको सहकार्यमा बारा जिल्लाको सिमरामा भएको केन्द्रीय पदाधिकारी तथा सदस्यबिच भएको छलफलमा आठौँ महाधिवेशनको मिति र स्थानका सम्बन्धमा निर्णय लिन आफूहरूसमेतलाई दिइएको जिम्मेवारीका आधारमा सो आह्वान गरिएको जनाइएको छ ।
तीन पूर्वअध्यक्ष र अध्यक्षद्वय ठकुरी र न्यौपानेसहितको पाँँच जनालाई सिमराको बैठकले सर्वसम्मत रूपमा मिति र स्थानबारे निर्णय लिन जिम्मेवारी दिएकामा छलफलका क्रममा केन्द्रीय समिति बैठकको निर्णयको वैधानिकताको प्रश्न उठेपछि दुवै पक्षलाई प्रमाणित निर्णय पुस्तिकाको प्रतिलिपि यही फागुन १० गतेभित्र बुुझाउन समय दिइएको थियो ।
उक्त अवधिमा एक पक्षले कैलालीको धनगढीमा भएको निर्णय पुस्तिका बुझाएको र अर्को पक्षबाट निर्णय पुस्तिकाको प्रतिलिपि प्राप्त नभएकाले केन्द्रीय समितिको धनगढीमा भएको सातौँ बैठकले गरेको निर्णयानुसार पर्साको वीरगञ्जमा यही फागुन १५ र १६ गते हुने राष्ट्रिय महाधिवेशन वैधानिक हुने ठहर तीन पूर्व अध्यक्षहरूको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रत्नपार्कमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका ११ जनाको समकक्षता रद्द
-
नेपालको सुरक्षा खर्चमा वृद्धि : दक्षिण एसियामा नेपाल कति असुरक्षित ?
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण