ट्रम्पको क्याबिनेट बैठकको कभरेज गर्नबाट प्रमुख समाचार संगठनमाथि रोक
वासिङ्टन डीसी । ह्वाइट हाउसले हालै मिडिया कभरेजबारे नयाँ नियमहरू बनाइएको थियो । यसैबिच राष्ट्रपति डोनाल्ड ट्रम्पको मन्त्रिपरिषद् पहिलो बैठकमा ह्वाइट हाउसले केही समाचार संस्थाका पत्रकारहरूलाई प्रवेश गर्न अनुमति नदिएको खबर आइरहेको छ । रोयटर्स, एसोसिएटेड प्रेस (एपी), हफपोस्ट र जर्मन पत्रिका डेर ट्यागेस्पिगलका पत्रकारहरूलाई बैठकमा उपस्थित हुन अनुमति दिइएको थिएन ।
तर, एबीसी, न्यूजम्याक्स, एक्सियोस, ब्लूमबर्ग र एनपीआर जस्ता मिडिया आउटलेटहरूलाई भने बैठकको कभर गर्न अनुमति दिइएको थियो । ह्वाइट हाउसले हालै ओभल अफिस जस्ता साना ठाउँहरूमा राष्ट्रपति ट्रम्पलाई कभर गर्न कुन कुन मिडियाले मात्रै पाउनेछन् भनेर आफैँ तय गर्ने घोषणा गरेको थियो ।
पहिला देखि नै रिपोर्टिङको काम गर्ने परम्परागत प्रेस पूल फेरिदैंछ । यो परिवर्तन साना ठाउँमा भएको मिटिङ क–कसलाई कभर गर्न अनुमति दिइनेछ भन्ने बारेमा भएको ह्वाइट हाउसकी प्रेस सचिवले बताइन् ।
ह्वाइट हाउसको यो कदमपछि एपी, ब्लूमबर्ग र रोयटर्सले यस नयाँ नीतिको विरुद्धमा विज्ञप्ति जारी गरेका छन् । लोकतन्त्रमा स्वतन्त्र प्रेसको महत्त्वपूर्ण स्थान रहेको र सरकारबारे जनताले सही र निष्पक्ष जानकारी पाउनुपर्ने उनीहरूले भनेका थिए । हफपोस्टले यसलाई प्रेस स्वतन्त्रताको अधिकारको उल्लङ्घन भनेको छ । ह्वाइट हाउस संवाददाता संघले पनि ह्वाइट हाउसको नयाँ नीतिको विरोध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण