लागुऔषध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालकसहित २ जना पक्राउ
काठमाडौँ । दाङमा अवैध लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको घोराही उपमहानगरपालिका–१० झारबैरा चोकबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १० क्याप्सुल र नगद १ हजार ६ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका–१० नारायणपुर बस्ने ३० वर्षीय दिपिसन डाँगीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागुऔषध सोही उपमहानगरपालिका–१० झारबैरा चोकमा मेडिकल संचालन गरी बस्ने सोही उपमहानगरपालिका–१६ घर भएका इन्द्रबहादुर विकको मेडिकलबाट खरिद गरेको भन्ने खुलेपछि विकलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले मेडिकल तलासी गर्दा ट्रामाडोल ५ सय ५९ क्याप्सुल, अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम र नगद २९ हजार रूपैयाँ समेत बरामद गरेको छ । घटनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण