इलाममा गुन्जँदै कन्दरा
काठमाडौँ । लोकप्रिय लोकपप ब्याण्ड कन्दरा इलाममा गुन्जिने भएको छ । ग्याल्पो ल्होछारको अवसर पारेर शुक्रबार सूर्योदय नगरपालिका–१२ स्थित करफोक खेलमैदानमा ब्याण्डले प्रस्तुति दिने भएको हो । कन्दराले पहिलो पटक इलाममा प्रस्तुति दिन लागेको छ ।
सूर्योदय होटल व्यवसायी संघको आयोजना तथा करफोक युवा परिवारको सहआयोजना रहेको कार्यक्रम स्थानीय पर्यटन प्रवद्र्धनको उदेश्य रहेको आयोजक संघ अध्यक्ष प्रज्वल प्रधानले बताए ।
‘कन्दरा आफ्नो स्थापनाको ३२ वर्षे यात्राको सांगीतिक कार्यक्रम लिएर ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत विश्व भ्रमण गरिरहेको छ’, प्रधानले भने, ‘यसले हाम्रो नगरको प्रचारप्रसारमा पनि सहयोग पुग्नेछ ।’
ब्याण्डको ३२ वर्षको इतिहासमा पहिलोपटक पूर्वी नेपालको इलाममा प्रस्तुति दिन लागेकोमा आफूहरू उत्साहित रहेको ब्याण्डका अगुवा तथा मुख्य गायक विवेक श्रेष्ठले बताए ।
पछिल्लो समय जुर्मुराएको यो लोकप्रिय ब्याण्ड अहिले ‘पहिला घरदेश अनि परदेश’ नारासहित देश तथा विदेशको भ्रमणमा छ । पोखरा र काठमाडौंमा ब्याण्डले प्रस्तुति दिइसकेको छ । बेलायतबाट अन्तर्राष्ट्रिय टूर सुरु गरेको ब्याण्डले कतार, युएई र हङकङमा प्रस्तुति दिइसकेको छ । चाँडै अस्ट्रेलिया, युरोप र अमेरिकामा पनि गुन्जिने ब्याण्डको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण