इलाममा गुन्जँदै कन्दरा

काठमाडौँ । लोकप्रिय लोकपप ब्याण्ड कन्दरा इलाममा गुन्जिने भएको छ । ग्याल्पो ल्होछारको अवसर पारेर शुक्रबार सूर्योदय नगरपालिका–१२ स्थित करफोक खेलमैदानमा ब्याण्डले प्रस्तुति दिने भएको हो । कन्दराले पहिलो पटक इलाममा प्रस्तुति दिन लागेको छ ।
सूर्योदय होटल व्यवसायी संघको आयोजना तथा करफोक युवा परिवारको सहआयोजना रहेको कार्यक्रम स्थानीय पर्यटन प्रवद्र्धनको उदेश्य रहेको आयोजक संघ अध्यक्ष प्रज्वल प्रधानले बताए ।
‘कन्दरा आफ्नो स्थापनाको ३२ वर्षे यात्राको सांगीतिक कार्यक्रम लिएर ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत विश्व भ्रमण गरिरहेको छ’, प्रधानले भने, ‘यसले हाम्रो नगरको प्रचारप्रसारमा पनि सहयोग पुग्नेछ ।’
ब्याण्डको ३२ वर्षको इतिहासमा पहिलोपटक पूर्वी नेपालको इलाममा प्रस्तुति दिन लागेकोमा आफूहरू उत्साहित रहेको ब्याण्डका अगुवा तथा मुख्य गायक विवेक श्रेष्ठले बताए ।
पछिल्लो समय जुर्मुराएको यो लोकप्रिय ब्याण्ड अहिले ‘पहिला घरदेश अनि परदेश’ नारासहित देश तथा विदेशको भ्रमणमा छ । पोखरा र काठमाडौंमा ब्याण्डले प्रस्तुति दिइसकेको छ । बेलायतबाट अन्तर्राष्ट्रिय टूर सुरु गरेको ब्याण्डले कतार, युएई र हङकङमा प्रस्तुति दिइसकेको छ । चाँडै अस्ट्रेलिया, युरोप र अमेरिकामा पनि गुन्जिने ब्याण्डको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैरआवासीय नेपालीको माग सम्बोधन गर्न बेग्लै विधेयक आवश्यक पर्छ : गृहमन्त्री लेखक
-
सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो
-
सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै
-
योजना बैंकको औचित्य समाप्त पारियो
-
न्युजिल्यान्ड क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा रब वाल्टर
-
जापानको चन्द्र अभियानमा ठुलो धक्का, चन्द्रमामा दुर्घटनाग्रस्त भयो निजी ल्यान्डर