घाटामा रहेका खानेपानी संस्थानलाई नाफामा ल्याउन गेम चेन्जर प्लान ल्याउँछौँ : मन्त्री यादव
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले घाटामा रहेर सेवा दिँदै आएका नेपाल खानेपानी संस्थानका देशभरका शाखाहरुलाई अब नाफामा ल्याउन गेम चेन्जर प्लान (खेल परिवर्तक योजना) ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल खानेपानी संस्थानको ३६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।
मन्त्री यादवले संस्थानले लाखौँ नेपाली नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको भन्दै यसको महत्वलाई उच्च मूल्यांकन गरे । उनले संस्थानलाई घाटाबाट नाफामा रूपान्तरण गर्न सबै कर्मचारी र सरोकारवालाहरूको पूर्ण सहयोग आवश्यक रहेको बताए ।
मन्त्री यादवले संस्थानलाई घाटाबाट मुक्त गर्न सबै कर्मचारीले गम्भीर भएर सोच्नुपर्ने र योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘संस्थान कस्को कारण घाटामा पुग्यो ? यसलाई नाफामा ल्याउने उपाय के हुन् ? सबैले जिम्मेवारीपूर्वक सोच्नुपर्छ । संस्थान रहे मात्र हामी सबैलाई फाइदा हुन्छ, घाटामा गएर नै संस्थान बन्द भयो भने दोेष कसलाई दिने ?’
मन्त्री यादवले पाइपलाइन फुट्ने, फोहर तथा ढल मिसिएर पानी आउने समस्या तत्काल समाधान गर्नुपर्नेमा विशेष ध्यानाकर्षण गराए । उनले कर्मचारीहरूलाई निर्देशन दिँदै भने, ‘खानेपानी सेवामा कुनै लापरबाही हुनुहुँदैन । नागरिकलाई शुद्ध, सुरक्षित र गुणस्तरीय पानी उपलब्ध गराउने हाम्रो दायित्व हो ।’
संस्थानमा लामो समयदेखि स्थायी नेतृत्वको अभाव रहेको भन्दै उनले आफ्नो कार्यकालमा बल्लतल्ल महाप्रवन्धक नियुक्त गर्न सफल भएको बताए । साथै, उनले कर्मचारीको हकहितका सहयोग गर्नका लागि संस्थानको नयाँ विनियमावली चाँडै कार्यान्वयनमा ल्याइने आश्वासन दिए ।
संस्थानले खानेपानी सेवामा पारदर्शिता, पहुँच र गुणस्तर कायम राख्दै नागरिकको विश्वास जित्नुपर्ने मन्त्री यादवको भनाइ छ । उनले दिगो विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न संस्थानको योगदान अत्यन्तै महत्त्वपूर्ण हुने स्पष्ट पारे ।
यसैगरी उनले झुम्सा र कोलपाटन खानेपानीको समस्या चाडै समाधान हुने विश्वास दिलाए । उनले भने, ‘झम्सा र कोलपाटन खानेपानीको समस्या बुझनका लागि म आफै त्यहाँ पुगेको छु । ढुक्क हुनुस् त्यहाँको समस्या चाडै समाधान हुन्छ ।’
समारोहको सफलताको शुभकामना व्यक्त गर्दै मन्त्री यादवले सम्पूर्ण संस्थान परिवारलाई अझ सबल, सक्षम र नागरिकमुखी सेवाप्रदायक संस्थाका रूपमा अघि बढ्न प्रेरणा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण