राप्रपाको प्रदेशस्तरीय आमसभाको तयारी पूरा
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातै प्रदेश गर्ने प्रदेशस्तरीय आमसभाअन्तर्गत बुटवलमा तयारी पूरा गरेको छ । ‘अवस्था बदल्न व्यवस्था बद्लौँ’ भन्ने नाराका साथ राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा शनिबार आमसभा हुन लागेको हो ।
आमसभाबारे जानकारी दिन आज बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले सातवटै प्रदेशमा पार्टीले आयोजना गर्ने कार्यक्रम अन्तर्गत शनिबार जनजागरणको रूपमा सभा गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार सभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, महामन्त्री धवल समसेर राणा, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।
ट्राफिक चोकमा गरिने सभामा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट पार्टीका नेता–कार्यकर्ता तथा आम नागरिकको सहभागिता हुने पार्टीले जनाएको छ । सभा शनिबार दिउँसो १२ बजेदेखि सुरु हुनेछ । आमसभा पूर्व बुटवलको बसपार्क र आँखा अस्पतालबाट र्याली निकालिने छ ।
देशमा वर्तमान अवस्थामा व्याप्त विसङ्गति, विकृति, भ्रष्टाचारको बारेमा तथा राप्रपाको भावी कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले आमसभाको आयोजना गरिएको अध्यक्ष उदयले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण