बेलायती प्रधानमन्त्रीसँगको भेटपछि ह्वाइटहाउसमा ट्रम्पले जेलेन्स्की र युक्रेनी सेनाको गरे प्रशंसा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिट्टै युक्रेन शान्ति सम्झौतासँगै अमेरिका-संयुक्त अधिकाराज्य (युके) अर्थात् बेलायतबीच व्यापार सम्झौता हुुने बताएका छन् । बेलायती प्रधानमन्त्री कीर स्टार्मरसँगको भेटवार्तापछि ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्पले आफुलाई युक्रेन शान्ति सम्झौता र अमेरिका र युके व्यापार सम्झौता हुने विश्वास रहेको बताएका हुन् । टम्पले उक्त व्यापार सम्झौतामा आयात कर वा ट्यारिफ हुने छैन, भनेका छन् ।
युक्रेन युद्धविरामबारे छिट्टै सहमति हुने र त्यो एकदमै नयाँ हुने प्रतिक्रिया ट्रम्पले स्टार्मरसँगको भेटपछि दिएका छन् । उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आफु सम्मान गर्ने र युकेनी सेनाको समेत प्रशंसा गरिनु पर्ने बताए । उनले भने, ‘उनीहरु निकै बहादुरीसाथ लडेका छन् । जुन उपकरणको जो कोहीले उपयोेग गर्नु पर्छ ।’
ट्रम्पले चागोस द्वीप समूह मौरिससलाई सुम्पिने बेलायती योजनामा साथ रहन इच्छुक रहेको धारणा समेत राखेका छन् । यसैबीच, उनले बेलायतको राजकीय भ्रमणका लागि किंग चाल्र्सको निमन्त्रणा स्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण