‘होस्टेल ३’मा ‘मेरी बास्सै’का धुन्धुकारी आशिष

काठमाडौँ । यही फागुन २३ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘होस्टेल ३’ पछिल्लो समय चर्चामा छ । केही अगाडि सार्वजनिक फिल्मको ट्रेलर अहिले युट्युब ट्रेन्डिङमा छ ।
फिल्मको मुख्य भूमिकामा ‘धुन्धुकारी’ उपनामले चिनिएका आशिष घिमिरे पनि छन् । घिमिरे ति व्यक्ति हुन् जसले डेढ वर्षको उमेरमा ‘गीताञ्जली’ नामक सिरियलबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । ६ वर्षको उमेरदेखि लोकप्रिय हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा ‘धुन्धुकारी’को भूमिकामा देखिएका उनले यो टेलिसिरियल लगातार ५ वर्षसम्म अभिनय गरेका थिए ।
केही अगाडि ‘सिग्नेचर’ फिल्ममा अभिनेता सन्दीप क्षेत्रीको बाल्यकालको भूमिका निर्वाह गरेका उनले ‘जुरेली’ नामक सिरियलमा पनि अभिनय गरेका थिए । पढाइका कारण केही वर्ष अभिनयबाट टाढा रहेका उनले पछिल्लो समय आरोहण गुरुकुल नाटक घरमा सुनिल पोखरेलसँग अभिनय प्रशिक्षण सहित ‘गच्छामी’ र ‘काल’ नामक अभिनय गरेका थिए ।
अहिले भने ‘होस्टेल ३’मा उनी केही हिरो मध्य ‘शिव’ नामक चरित्रको भूमिकामा छन् । फिल्ममा अडिसन मार्फत छानिएका उनी स्क्रिप्ट मन परेको कारण फिल्म अभिनय गरेको बताउँछन् । ‘फिल्ममा अहिलेको युवा पुस्ताको नेतृत्व मेरो अभिनयले गर्छ’, उनले भने ‘फिल्मले होस्टलको बारेमा बिस्कृत जानकारी दिन्छ ।’
लेखन तथा एसोसियट निर्देशन माधव शर्मा रहेको फिल्म सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारीले निर्माण र शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर सह निर्माण गरेका हुन् । कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री रहेका छन् ।
फिल्मको वितरण काठमाडौँ उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्मस (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको विधेयकले दुईवटा सुरक्षा संगठनको बिचमा द्वन्द्व गराउँछ’
-
मधेस प्रदेश : जागिर छोड्ने प्रहरीको संख्या बढ्दो
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘सशस्त्र प्रहरीलाई अर्धसैनिक बलकै रूपमा लैजानुपर्छ’
-
सुशील र अञ्जनाको ‘परिवर्तन’ झापाबाट सुरु
-
ऐतिहासिक पनौती हिलेजात्राको तयारी तीव्र