वीरगञ्ज गोल्डकप फुटबल शनिबारदेखि
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको सहयोगमा भोलि शनिबारदेखि हुने वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको खेल आयोजक भेट्रान सिटी क्लबले जनाएको छ । आदर्शनगर रङ्गशाला हुने प्रतियोगितामा एक भारतीयसहित राष्ट्रियस्तरका आठ वटा फुटबल टोली मैदानमा उत्रने भेट्रान सिटी क्लबका उपाध्यक्ष सागर शमशेर जबराले जानकारी दिए ।
प्रतियोगितामा ए डिभिजन लिग खेल्ने सङ्कटा, मच्छिन्द्र, नेपाल पुलिस, एपिआई चर्च ब्वाइज युनाइटेड, दिल्लीको गढवाल डाइमण्ड फुटबल क्लब, सलहेश फुटबल क्लब बागमती युथ क्लब र वीरगञ्ज युनाइटेड स्पर्धा गर्दै छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई पदक एवं प्रमाणपत्रका साथ नगद रु ११ लाख ११ हजार एक सय ११, उपविजेता टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ प्रदान गरिने छ । शनिबार हुने उद्घाटन खेलमा वीरगञ्ज युनाइटेड र गढवाल डाइमण्ड भिड्ने छन् ।
प्रतियोगिता सम्पन्न गर्नका लागि करिव एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ । प्रथम वीरगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को कात्तिक महिनामा आयोजना गरिएको थियो । प्रथम संस्करणको वीरगञ्ज गोल्डकपको विजेताको रुपमा नेपाल पुलिस क्लब र उपविजेताको रुपमा नेपाल आर्मी क्लब भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण