न्युजिल्यान्डविरुद्ध शुभमन गिलले भारतीय टोलीको कप्तानी गर्ने
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा आइतबार भारतले बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डको सामना गर्नेछ । समूह ‘ए’ बाट न्युजिल्यान्ड र भारत दुबै यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् ।
त्यसैले आइतबार हुने खेलमा समूह विजेता बन्नका लागि भारत र न्युजिल्यान्डबिच भिडन्त हुनेछ । तर, उक्त खेलमा भारतीय टोलीका नियमित कप्तान रोहित शर्मा भने सहभागी नहुने भएका छन् । भारतीय सञ्चारमाध्यले जनाए अनुसार, स्वास्थ्य समस्याका कारण उनी टोलीबाट बाहिरिएका हुन् ।
समाचारमा जनाइए अनुसार, न्युजिल्यान्डविरुद्धको खेलमा भारतीय टोलीको कप्तान ओपनर ब्याट्सम्यान शुभमन गिलले गर्नेछन् । तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भने आधिकारीक रुपमा यसको पुष्टि गरिसकेको छैन ।
पाकिस्तानविरुद्धको खेलका क्रममा रोहित मांसपेशीको समस्याबाट पीडित भएको समाचारमा जनाइएको छ । पाकिस्तानविरुद्धको उक्त खेलमा मांसपेशी सम्बन्धि समस्याका कारण उनी केही समयका लागि मैदानबाट बाहिरिएका पनि थिए ।
पाकिस्तानविरुद्धको खेलपछि बुधबार कप्तान रोहितले नियमित अभ्यासका क्रममा ब्याटिङ पनि गरेका थिएनन् । सेमिफाइनल खेलअघि रोहितलाई आराम दिइने दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् । उनको अनुपस्थितिमा शुभमन गिलले टोलीको कप्तान गर्ने पनि बताइएको छ ।
यसैगरी, न्युजिल्यान्डविरुद्धको खेलमा ऋषभ पन्त वा वासिङ्टन सुन्दरलाई खेलाइएने दाबी पनि समाचारमा गरिएको छ । जारी च्याम्पियन्स ट्रफीमा भारतले आफ्नो सबै खेल दुबईमा खेल्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'बीपीले राष्ट्रपति बन्न अस्वीकार गरेका थिए'
-
धनुषा प्रहरीद्वारा फरार ४४ प्रतिवादी पक्राउ
-
सर्लाहीमा मिटरब्याज पीडितमाथि आक्रमण
-
विश्वभर फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या
-
‘बीपीका आदर्श र विचार आज पनि उत्तिकै महत्त्वपूर्ण’
-
मन्त्रीको राजीनामा होल्ड हुनु र मुख्यमन्त्री बानियाँले भेट नदिनु होइन संयोग मात्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण