न्युजिल्यान्डविरुद्ध शुभमन गिलले भारतीय टोलीको कप्तानी गर्ने

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा आइतबार भारतले बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डको सामना गर्नेछ । समूह ‘ए’ बाट न्युजिल्यान्ड र भारत दुबै यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् ।
त्यसैले आइतबार हुने खेलमा समूह विजेता बन्नका लागि भारत र न्युजिल्यान्डबिच भिडन्त हुनेछ । तर, उक्त खेलमा भारतीय टोलीका नियमित कप्तान रोहित शर्मा भने सहभागी नहुने भएका छन् । भारतीय सञ्चारमाध्यले जनाए अनुसार, स्वास्थ्य समस्याका कारण उनी टोलीबाट बाहिरिएका हुन् ।
समाचारमा जनाइए अनुसार, न्युजिल्यान्डविरुद्धको खेलमा भारतीय टोलीको कप्तान ओपनर ब्याट्सम्यान शुभमन गिलले गर्नेछन् । तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भने आधिकारीक रुपमा यसको पुष्टि गरिसकेको छैन ।
पाकिस्तानविरुद्धको खेलका क्रममा रोहित मांसपेशीको समस्याबाट पीडित भएको समाचारमा जनाइएको छ । पाकिस्तानविरुद्धको उक्त खेलमा मांसपेशी सम्बन्धि समस्याका कारण उनी केही समयका लागि मैदानबाट बाहिरिएका पनि थिए ।
पाकिस्तानविरुद्धको खेलपछि बुधबार कप्तान रोहितले नियमित अभ्यासका क्रममा ब्याटिङ पनि गरेका थिएनन् । सेमिफाइनल खेलअघि रोहितलाई आराम दिइने दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् । उनको अनुपस्थितिमा शुभमन गिलले टोलीको कप्तान गर्ने पनि बताइएको छ ।
यसैगरी, न्युजिल्यान्डविरुद्धको खेलमा ऋषभ पन्त वा वासिङ्टन सुन्दरलाई खेलाइएने दाबी पनि समाचारमा गरिएको छ । जारी च्याम्पियन्स ट्रफीमा भारतले आफ्नो सबै खेल दुबईमा खेल्दैछ ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल