ब्राजिलियन प्रतिद्वन्द्वीलाई हराउँदै अर्जेन्टिनी क्लबले चुम्यो उपाधि
काठमाडौँ । रिकोपा सुडामेरिकाना फुटबल प्रतियोगिताको उपाधि अर्जेन्टिनी क्लब रेसिङले जितेको छ । रेसिङले बिहीबार राति खेलिएको फाइनलको दोस्रो लेग खेलमा ब्राजिलको बोटाफोगोलाई २–० गोलले हराउँदै उपाधि चुमेको हो ।
रेसिङले समग्रमा ४–० गोलले फाइनल खेल जित्यो । यसअघि फाइनलको पहिलो लेग खेलमा पनि रेसिङ २–० गोलले विजयी भएको थियो । रिकोपा सुडामेरिकाना फुटबल प्रतियोगिताको फाइनल खेल कोपा सुडामेरिकाना र कोपा लिबेर्टाडोरेस प्रतियोगिताको विजेता टोलीबिच खेलिन्छ ।
अर्जेन्टिनी क्लब रेसिङले पहिलो पटक कोपा सुडामेरिकाना प्रतियोगिताको उपाधि जितेको थियो । रिकोपा सुडामेरिकाना प्रतियोगिताको फाइनलको दोस्रो लेग खेलमा रेसिङका लागि माटियस जाराचोले ५० औँ मिनेटमा पहिलो गोल गरेका थिए ।
निर्धारित समयको ६९ औँ मिनेटमा ब्रुनो जुकुलिनीले टोलीका लागि दोस्रो गोल थपेका थिए । फाइनलको दोस्रो लेग खेल अर्जेन्टिनाको रियो दि जेनेरियोमा खेलिएको थियो । फाइनलको दोस्रो लेगअघि बुधबार राति अर्जेन्टिनामा दुई समर्थकमाथि गोली प्रहार भएको थियो ।
उनीहरुमाथि रियो दि जेनेरियोको समुद्री तटमा गोल प्रहार भएको थियो । दुईमध्ये एक समर्थकको मिगुएल काउटो हस्पतालमा शल्यक्रिया गरिएको थियो । रियोको स्वास्थ्य सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार, अर्का समर्थकको लारेन्को जर्ज अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण