भारतको उत्तराखण्डमा हिमस्खलन, ४१ मजदुर फसे
शुक्रबार, १६ फागुन २०८१, १६ : ४४
नयाँदिल्ली । भारतको उत्तराखण्ड राज्यको चमोलीस्थित माणामा हिमस्खलन भएको छ । शुक्रबार हिमस्खलन हुँदा सडक निर्माणमा कार्यरत ५७ मजदुर फसेकोमा १६ जनाको उद्धार गरिएको छ ।
४१ मजदुर हिमस्खलनमा फसेको अधिकारीहरूको भनाइ छ । उद्धार गरिएका मजदुरलाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि अस्पताल पठाइएको छ । चमोलीका जिल्लाधिकारी सन्दीप तिवारीले माणा गाउँ र माणा पासको बिचमा हिमस्खलन भएको सूचना प्राप्त भएको जानकारी दिए ।
उनले भने, ‘सेनाको आवतजावतका लागि सडक मार्गका हिउँ हटाउन खटिएका मजदुर घटनास्थल नजिकै भएको जानकारी पाएका छौँ ।’
घटनास्थलमा उद्धार टोली परिचालन गरिएको उनले जानकारी दिए ।सो क्षेत्रमा वर्षा र हिमपात भएको बताइएको छ । त्यसैले उद्धारमा हेलिकोप्टर प्रयोग गर्न नसकिएको अधिकारीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण