भूमिसम्बन्धी अध्यादेश बिचौलियाका लागि ल्याइयो: कर्ण
काठमाडौँ । पूर्व राजदूत विजयकान्त कर्णले नेपालमा सबैभन्दा धेरै भूमिहीन मधेसी दलित, थारु र मुस्लिम रहेको बताएका छन् । कर्णले मधेसी, दलित तथा भूमिहीनलाई जग्गा वितरण गर्न राज्यले विभिन्न उल्झनमा फसाउने गरेको बताए ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट बौद्धिक पेसाकर्मी महासंघले शुक्रवार भूमि सम्बन्धी अध्यादेशबारे आयोजना गरेको बृहत् अन्तरक्रियामा उनले नेपाल सरकारसँग प्रशस्त जग्गा भएको र ती जग्गा कसरी बेच्ने भन्नेमै अध्यादेश केन्द्रित भएको आरोप लगाए । उनले अध्यादेश बिचौलियाहरूका लागि ल्याइएको समेत दाबी गरे ।
‘यो अध्यादेशमा जग्गाका बिचौलियाहरू लागेका छन्, उनीहरूका लागि यो भूमि सम्बन्धी अध्यादेश ल्याइएको छ’, उनले दाबी गरे, ‘थुप्रै ठाउँमा थुप्रै जग्गा छन् । ती आआफ्ना व्यक्ति तथा बिचौलियाहरूलाई वितरण गर्न यो अध्यादेश ल्याइएको छ ।’ उनले विगतदेखि नै भूमि आयोग र पुनर्वास कम्पनीहरू बनाइए पनि ती सबै दलका आधारमा बनेको र ती आयोगहरूले आआफ्नो पार्टीका कार्यकर्तालाई मात्र जग्गा वितरण गरेको बताए ।
अहिलेको भूमि सम्बन्धी अध्यादेशले राजनीतिक रूपमा दुरुपयोग हुने सम्भावना उत्तिकै रहेको उनको भनाइ थियो । राजदरबारको जग्गा बेच्न, गिरीबन्धुको जग्गा बेच्न यो अध्यादेश ल्याएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण