च्याम्पियन्स ट्रफीमा सबैभन्दा बढी विकेट लिने मिल्स
आइतबार, १८ फागुन २०८१, ११ : २०
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको इतिहासमा सर्वाधिक विकेट लिने बलर न्युजिल्यान्डका कायल मिल्स हुन् । सन् २००२ देखि सन् २०१३ सम्म च्याम्पियन्स ट्रफीमा १५ खेल खेलेका मिल्सले कुल २८ विकेट लिएका छन् ।
सर्वाधिक विकेट लिने बलरको सूचिमा श्रीलंकाका लासिथ मालिंगा दोस्रो स्थानमा आसीन छन् । सन् २०००६ देखि सन् २०१७ सम्म १६ खेल खेलेका मालिंगाले कुल २५ विकेट लिएका छन् । यो सूचिमा श्रीलंकाकै मुथैया मुरलिधरन तेस्रो स्थानमा छन् ।
मुरलिधरनले सन् १९९८ देखि सन् २००९ को बिचमा च्याम्पियन्स ट्रफीको १७ खेलको १५ पालीमा कुल २४ विकेट लिएका छन् । अस्ट्रेलियाका ब्रेट ली चौथो र अस्ट्रेलियाका ग्लेन म्याग्रा पाँचौँ स्थानमा आसीन छन् । लीले २२ र म्याग्राले २१ विकेट लिएका छन् । इंग्ल्याण्डका जेम्स एन्डर्सनले पनि २१ विकेट हात पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण