लण्डन शिखर सम्मेलनपछि स्टार्मरले युक्रेनलाई सघाउन घोषणा गरे चार सुत्रीय योजना

काठमाडौं । बेलायती प्रधानमन्त्री कीर स्टार्मरले युद्ध अन्त्य गर्न तथा रुसबाट देशको रक्षा गर्न युक्रेनसँग सहकार्यका लागि चार सुत्रीय योजना घोषणा गरेका छन् । जसमा ५००० बढी अधिक वायु रक्षा क्षेप्यास्त्र खरिद गर्न थप १.६ विलियन पाउण्ड दिने घोषणा समेत सामेल छ ।
स्टार्मरले भनेका छन्, ‘बेलायत, फ्रान्स र अन्य देश ‘‘इच्छुकहरुको गठबन्धन’’मा आफ्नो प्रयास बढाउने छौँ । र, युक्रेनका लागि आफुहरुको समर्थनमा अमेरिका समेतलाई सामेल गर्ने प्रयत्न गर्ने छौँ ।’
उनले लण्डनमा १८ नेताहरुको एक शिखर सम्मेलनपछि युक्रेनको सहायताका लागि योजना घोषणा गरेका हुन् । जुन शिखर सम्मेलनमा सबैभन्दा बढी युरोपबाट सहभागिता रहेको र जहाँ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की समेत सामेल भएको उनले बताएका छन् ।
उनले भने, ‘युक्रेनले युरोपबाट मजबुद समर्थन महसुस गरेको छ । र, शिखर सम्मेलनले निकै लामो समयपछि अत्यन्त उच्च स्तरमा युरोपीयन एकता देखाएको छ ।’
पत्रकार सम्मेलनमा स्टार्मरले सुनाएका सहमतीय बुँदा
–युक्रेनमा सैन्य सहायता जारी राख्ने र रुसमाथि आर्थिक दबाब बढाउन जारी राख्ने
–कुनै पनि स्थायी शान्तिका लागि युक्रेनको सम्प्रभुता तथा सुरक्षा सुनिश्चित हुनुपर्ने र युक्रेन कुनै पनि शान्ति वार्तामा उपस्थित हुनुपर्ने
–शान्ति सम्झौताको स्थितिमा, भविष्यमा कुनै पनि आक्रमण रोक्नका लागि युक्रेनको रक्षात्मक क्षमतालाई बढावा दिने
–युक्रेनी सम्झौताको बचाउ गर्न तथा त्यसपछिको शान्ति वार्ताको ग्यारेन्टीका लागि इच्छुकहरुको गठबन्धन विकसित गर्ने
घोषणाका दौरान स्टार्मरले बेलायत जमिनमा जुत्ता र हावामा विमानसहित आफ्नो प्रतिवद्धता पूरा गर्ने बताए । उनले युरोप खरो उत्रिनु पर्ने र त्यसअघि हुने सम्झौतामा अमेरिका र रुसलाई समेत सहमत गराइनु पर्नेमा जोड दिए । यद्यपि, उनले मस्कोलाई शर्त निर्धारणको अनुमति दिन नसकिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गम्भीर रोगको उपचार बीमाबाट हुने व्यवस्था गर्न ‘सुविधा थैली’ को परिमार्जन गरिने
-
यस्तो छ ५६ पेज लामो सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
१३ वर्षीय किशोर लिएर भागेकी शिक्षिका भन्छिन्– ऊ मेरो गर्भमा रहेको बच्चाको पिता हो
-
गण्डकी प्रदेशलाई हराउँदै इरानको टोली सेमिफाइनलमा
-
१४ वर्ष मुनिका बालबालिकाका लागि नि:शुल्क क्यान्सर उपचार सेवा दिने घोषणा
-
निजामति कर्मचारी विधेयक बर्खे अधिवेशनबाट पारित गरिने