नेपाल पुलिस क्लब टिम च्याम्पियन
ललितपुर । चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजतसहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्न सफल भयो।
दोस्रो भएको एपीएफले ३ स्वर्ण २ रजत र ६ कांस्य सहित कुल १० पदक जित्यो। एपीएफले ५० हजार हात पार्यो। त्रिभुवन आर्मी क्लब तेस्रो भयो। उसले २ स्वर्ण ३ रजत र ५ कांस्य गरी १० पदक प्राप्त गर्यो। उसलाई २५ हजार प्रदान गरियो।
प्रतियोगितामा पुरुषतर्फ एपीएफका मोहम्मद शेखु आलम र माहिलातर्फ पुलिसकी वर्षा बुढा मगर उत्कृष्ट खेलाडी चुनिए। दुवैलाई जनही २५ हजार प्रदान गरियो।
प्रतियोगितामा बागमती प्रदेशका सलमान मोहम्मद पुरुषतर्फ र महिलातर्फ कर्णालीकी प्रियंका शाही उदीयमान खेलाडी बने। उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरको खेल सामाग्री प्रदान गरिएको छ। बागमती प्रदेश अनुशासित टिम बन्यो।
प्रतियोगिताको अन्तिम दिन आज महिला ६८ केजी माथिको तौल समूहमा एसियन गेम्सकी ऐतिहासिक रजत विजेता नेपाल प्रहरीकी एरिका गुरुङले स्वर्ण पदक जितिन्। उनले फाइनलमा बागमतीकी महिमा राईलाई ८-० को फराकिलो अन्तरले पराजित गरिन्। गण्डकीकी सुनिता थापाले कांस्य हात पारिन्।
६८ केजीमुनि पुलिसकी रोजिता ढुङ्गेल पहिलो भइन्। उनले प्रतिस्पर्धात्मक फाइनलमा आर्मीकी सानु तामाङलाई ४-३ को स्कोरमा पाखा लगाइन्। एपीएफकी विनीता श्रेष्ठ र कोशी प्रदेशकी प्रकृति दुम्जनले कांस्य पदक प्राप्त गरे।
महिला ५० केजीतर्फ आर्मीकी प्रियंका शाहीले गण्डकी प्रदेशकी प्रीति तामाङलाई १२-२ को सहज स्कोरले पराजित गर्दै स्वर्ण पदक हात पारिन्। एपीएफकी दीपा लामा र कर्णाली प्रदेशकी ममता नेपाली तेस्रो भए।
पुरुष ६० केजीमा एपीएफका मीन बहादुर तामाङले स्वर्ण जिते। उनले फाइनलमा आर्मीका राकेश लामालाई ९-१ को स्कोरमा माथ दिए। बागमतीका लिजन साउद र गण्डकी प्रदेशका सुनुल गुरुङ तेस्रो भए।
८४ केजी माथिको स्पर्धामा एपीएफका तेन्जिङ शेर्पाले पुलिसका आशिष श्रेष्ठलाई ९-० ले पराजित गर्दै स्वर्ण जिते
गण्डकी प्रदेशका प्रवीण कुँवर र आर्मीका संगम भुजेलले कांस्य पदक प्राप्त गरे।
प्रतियोगितामा सात प्रदेश र ३ विभागीय (सेना, प्रहरी, एपीएफ) गरि २ सय १० खेलाडीको सहभागिता रहेको थियो। नेपाल कराते महासंघको ललितपुर जिल्ला मेन डोजोद्वारा आयोजित प्रतियोगितामा कुल १७ स्पर्धामा खेलाडीहरूले भाग लिएका थिए।
प्रतियोगितामा स्वर्ण, रजत र कांस्य पदक प्राप्त गर्ने खेलाडी सिधै राष्ट्रिय कराते टोलीको छनोट राउन्ड रोविनमा खेल्न पाउने छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण