बेचन झाविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
काठमाडौँ । सर्वोच्च अदालतमा आज नक्कली शरणार्थी प्रकरणका अभियुक्त बेचन झाको मुद्दामा सुनुवाइ हुँदैछ । सुनुवाइका लागि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासमा पेशी तोकिएको छ ।
गएको असार ५ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा झा कञ्चनपुरबाट पक्राउ परेका थिए । शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएका हुन् । भुटानी शरणार्थी प्रकरणको योजनाकार मध्येका सानु भण्डारीले भनेर आफ्नो नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको रामशरणले बयानमा खुलाएका थिए । उनको उच्च राजनीतिक नेतृत्वसँग कनेक्सन भएको हुनसक्ने अनुमान गरिएको छ । कांग्रेसका शीर्ष नेता र मधेश केन्द्रीत दलहरूसँग उनी निकट रहेको बताइन्छ ।
मन्त्रिपरिषद्बाटै झाले निर्णयहरू गराउन सक्छन्, त्यसपछि अमेरिका तथा तेस्रो मुलुकमा नेपालीलाई पठाउन सजिलो हुने कुरा सानु भण्डारीले रामशरण केसीलाई भनेको अनुसन्धानबाट खुलेको थियो । तर, झाले चेक बुझेर पनि कुनै निर्णय गराउन सकेनन् । चेक लिएसँगै उनी शरणार्थी प्रकरणको दृश्य बाहिर थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण