यस्तो छ एकदिवसीय खेलमा भारत र अस्ट्रेलियाको आपसी भिडन्तको अवस्था

काठमाडौँ । ‘मिनी विश्वकप’ को नामले चर्चित आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । समूह ‘ए’ अन्तर्गत आइतबार राति दुबईमा सम्पन्न भारत र न्युजिल्यान्डबिचको खेलसँगै सेमिफाइनल समिकरण पुरा भएको हो ।
समूहगत चरणको अन्तिम खेलमा न्युजिल्यान्डलाई ४४ रनले हराएपछि भारतले सेमिफाइनलमा प्रतिद्वन्द्वीका रुपमा विश्व च्याम्पियन अस्ट्रेलियालाई पाएको छ । भारत र अस्ट्रेलियाबिचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार खेलिने छ ।
दोस्रो सेमिफाइनल खेलमा न्युजिल्यान्डले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्नेछ । दोस्रो सेमिफाइनल खेल पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा खेलिने छ । फाइनल खेल भने मार्च ९ तारिखमा खेलिने छ ।
पहिलो सेमिफाइनलअघि अस्ट्रेलिया र भारत दुबै टोली अन्तिम तयारीमा व्यस्त छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा आयोजित एकदिवसीय प्रतियोगिताको नकआउट चरणमा हालसम्म अस्ट्रेलिया र भारतबिच ६ पटक भिडन्त भइसकेको छ ।
मंगलबार हुने सेमिफाइनलमा यी दुई टोली सातौँ पटक आमने–सामने हुनेछन् । रमाइलो पक्ष के हो भने, नकआउट चरणमा हालसम्मको आपसी भिडन्तमा यी दुबै टोलीले एक–अर्कालाई तीन–तीन खेलमा पराजयको स्वाद चखाएका छन् ।
आईसीसीद्वारा आयोजित एकदिवसीय प्रतियोगिताको नकआउट चरणमा सबैभन्दा पहिले यी दुई टोली च्याम्पियन्स ट्रफीमै भिडेका थिए । सन् १९९८ मा सम्पन्न च्याम्पियन्स ट्रफीको पहिलो संस्करणको क्वार्टरफाइनलमा भारतले अस्ट्रेलियालाई ४४ रनले हराएको थियो ।
यसैगरी, सन् २००० मा सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो संस्करणमा पनि यी दुई टोलीबिच आपसी भिडन्त भएको थियो । उक्त संस्करणको क्वार्टरफाइनलमा पनि भारतले अस्ट्रेलियालाई २० रनले पराजित गरेको थियो । यसैगरी, सन् २०११ मा सम्पन्न आईसीसी विश्वकपको क्वार्टरफाइनलमा पनि भारतले अस्ट्रेलियालाई पाँच विकेटले पराजित गरेको थियो । उक्त विश्वकपको उपाधि पनि भारतले नै जितेको थियो । भारतले फाइनलमा श्रीलंकालाई ६ विकेटले हराएको थियो ।
यसैगरी, अस्ट्रेलियाले पनि आईसीसीद्वारा आयोजित एकदिवसीय प्रतियोगिताको नकआउट चरणमा भारतलाई तीन पटक हराएको छ । अस्ट्रेलियाले सन् २००३ मा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतलाई एक सय २५ रनले हराएको थियो ।
त्यसपछि सन् २०१५ मा सम्पन्न एकदिवसीय विश्वकपको सेमिफाइनलमा पनि अस्ट्रेलियाले भारतलाई ९५ रनले पराजयको स्वाद चखाएको थियो । यसका अतिरिक्त, सन् २०२३ मा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा पनि अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराएको थियो ।
यसैगरी, च्याम्पियन्स ट्रफीमा भने अस्ट्रेलियाले हालसम्म भारतलाई हराउन सकेको छैन । च्याम्पियन्स ट्रफीमा भारतले दुईपटक अस्ट्रेलियालाई पराजित गरेको छ । एकदिवसीय अन्तर्राष्ट्रियमा भने हालसम्म यी दुई टोलीबिच कुल एक सय ५१ खेल खेलिएको छ ।
त्यसमा भारतभन्दा अस्ट्रेलिया निकै बलियो देखिन्छ । ८४ एकदिवसीय अन्तर्राष्ट्रियमा अस्ट्रेलियाले भारतीय टोलीलाई पराजित गरेको छ । ५७ एकदिवसीय अन्तर्राष्ट्रियमा भने भारतले अस्ट्रेलियालाई हराएको छ ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट असार १ गते ल्याइयो, राजस्व र विनियोजन विधेयक बिहीबार
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु