बेलायतमा टिकटक र रेडिटमाथि छानबिन सुरु
लन्डन । बेलायतमा गोपनीयता निगरानी गर्ने एजेन्सी ‘इन्फर्मेशन कमिश्नर अफिस’ (आईसीओ) ले सामाजिक सञ्जाल कम्पनीहरू टिकटक, रेडिट र इम्गुरमाथि छानबिन सुरु गरेको छ । १३ देखि १७ वर्ष उमेरका बालबालिकाको डेटा यी प्लेटफर्महरूले कसरी प्रयोग गरिरहेका छन् भन्नेबारे यो अनुसन्धान केन्द्रीत रहेको बताइएको छ ।
टिकटकको एल्गोरिथ्मले प्रयोगकर्ताहरूलाई भिडियो सिफारिस गर्न उनीहरूको डेटा प्रयोग गर्छ । यो अनुसन्धान टिकटकले बालबालिकाको व्यक्तिगत डेटाको दुरुपयोग गरिरहेको छ कि छैन भन्नेबारे भएको बताइएको छ ।
रेडिट र इम्गुरले प्रयोगकर्ताहरूको उमेर गलत आकलन गरेको आशङ्का गरिएको छ । यी प्लेटफर्महरूले बालबालिकाले अनुपयुक्त सामग्री नदेख्ने कुरा सुनिश्चित गर्नुपर्नेछ ।
के भन्छ बेलायती कानुन ?
बेलायतमा सामाजिक सञ्जालका लागि कडा कानुन बनाइएको छ । यसमा, सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकाले गलत वा हानिकारक सामग्री नदेख्ने र उनीहरूको उमेर राम्ररी जाँच गरिएको सुनिश्चित गर्नुपर्छ ।
यस अनुसन्धानमा कम्पनीहरूले कानुन उल्लङ्घन गरेको प्रमाण फेला पारेमा उनीहरूलाई पहिले स्पष्टीकरण दिने मौका दिइनेछ । त्यसपछि उनीहरू विरुद्ध कारबाही पनि हुन सक्नेछ । टिकटक, रेडिट र इमगुरले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण