आफ्नोबारेको किताब विमोचन कार्यक्रममा केपी ओलीलाई नरसिङ्गा उपहार
सोमबार, १९ फागुन २०८१, १३ : ५५
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नरसिङ्गा उपहार दिइएको छ । राष्ट्रिय सभा गृहमा सोमबार उनीबारे नै लेखिएको पुस्तक ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण समारोहका क्रममा उनलाई पञ्चेबाजामा प्रयोग हुने नरसिङ्गा उपहार दिइएको हो ।
कार्यक्रममा सहभागी भएका लमजुङको राइनासकोटका पञ्चेबाजा समूहले ओलीलाई कार्यक्रमस्थलमा स्वागत गर्दै ओलीलाई मायाको चिनो स्वरुप नरसिङ्गा उपहार दिएको हो। नरसिंह उपहार पाएपछि ओलीले त्यसलाई बजाउने प्रयास समेत गरेका थिए । सोही कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण