मेस्सीको अनुपस्थितिमा स्वारेज चम्किएपछि इन्टर मियामीको शानदार जित
काठमाडौँ । स्टार स्ट्राइकर लियोनल मेस्सीको अनुपस्थितिमा मैदानमा ओर्लिएको इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) को आइतबार राति सम्पन्न खेलमा हस्टन डाइनामोलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको छ ।
जारी सिजनको एमएलएसमा इन्टर मियामीले खेलेको यो दोस्रो खेल हो । जितसँगै इन्टर मियामी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । अघिल्लो खेलमा बराबरीको नतिजा निकालेको इन्टर मियामीले चार अंक जोडेको छ ।
इन्टर मियामीको सजिलो जितमा भेनेजुएलाका २१ वर्षीय मिडफिल्डर टेलास्को सेगोभियाले दुई गोलको योगदान गरे । उनले दुबै टोली पहिलो हाफमै गरेका थिए । खेल सुरु भएको छैटौँ मिनेट र पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका हुन् ।
इन्टर मियामीका लागि ३७ औँ मिनेटमा टाडेओ एलेन्ड र ७९ औँ मिनेटमा उरुग्वेका स्टार खेलाडी लुइस स्वारेजले पनि एक–एक गोल गरेका थिए ।
इन्टर मियामीका लागि लुइस स्वारेजले उत्कृष्ट प्रदर्शन गरे । बाँकी तीनवटै गोलका लागि पनि स्वारेजले नै पास उपलब्ध गराएका थिए ।
दोस्रो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा इन्टर मियामीका इयान फ्रायी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
घरेलु टोली हस्टन डाइनामोका लागि भने एकमात्र गोल निर्धारित समयको ८५ औँ मिनेटमा निकोलस लोडेइरोले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण