राजनीति
चैत ७ भित्र वडा र पालिका अधिवेशन सक्न लोसपाको परिपत्र
सोमबार, १९ फागुन २०८१, १७ : २०

काठमाडौँ । लोसपा नेपालले आगामी चैत ७ गतेभित्र सवै वडा र पालिका अधिवेशन गरिसक्न पार्टीका जिल्ला कमिटीहरूलाई निर्देशन दिएको छ । सोमबार अध्यक्ष महन्थ ठाकुरले महाधिवेशनलाई मध्यनजर गरेर परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।
‘लोसपा नेपालको निर्वाचन निर्देशिका २०८१ अनुसार धारा (१) (३) बमोजिम वडा अधिवेशन र पालिका अधिवेशन त्यस जिल्ला तथा सम्बन्धित निकायका सम्पूर्ण नेता कार्यकर्ता तथा शुभचिन्तकहरूलाई सहभागी गराई ८१ चैत ७ भित्र सम्पन्न गरी प्रदेश कार्य समिति तता केन्द्रीय समितिमा लिखित जानकारी गराउन निर्देशन गरिन्छ’, परिपत्रमा भनिएको छ ।
लोसपाले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको ७६ औँ वर्षगाँठ : विशेष कार्यक्रम गर्दै एमाले
-
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक बस्ने
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)