राजनीति
चैत ७ भित्र वडा र पालिका अधिवेशन सक्न लोसपाको परिपत्र
सोमबार, १९ फागुन २०८१, १७ : २०
काठमाडौँ । लोसपा नेपालले आगामी चैत ७ गतेभित्र सवै वडा र पालिका अधिवेशन गरिसक्न पार्टीका जिल्ला कमिटीहरूलाई निर्देशन दिएको छ । सोमबार अध्यक्ष महन्थ ठाकुरले महाधिवेशनलाई मध्यनजर गरेर परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।
‘लोसपा नेपालको निर्वाचन निर्देशिका २०८१ अनुसार धारा (१) (३) बमोजिम वडा अधिवेशन र पालिका अधिवेशन त्यस जिल्ला तथा सम्बन्धित निकायका सम्पूर्ण नेता कार्यकर्ता तथा शुभचिन्तकहरूलाई सहभागी गराई ८१ चैत ७ भित्र सम्पन्न गरी प्रदेश कार्य समिति तता केन्द्रीय समितिमा लिखित जानकारी गराउन निर्देशन गरिन्छ’, परिपत्रमा भनिएको छ ।
लोसपाले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण