सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
सोमबार, १९ फागुन २०८१, २२ : २९

सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा सोमबार बिहान स्कारपियो पल्टिँदा चालकको मृत्यु भएको छ। गाउँको भित्री सडकमा बिहान ४ बजेतिर बीआर ३० पि १७०३ नम्बरको स्कारपियो अनियन्त्रित भइ पल्टिँदा चालक ४० वर्षीय अमितकुमार अधिकारी गम्भीर घाइते भएका थिए।
अधिकारीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए।
अधिकारीको दायाँ हात र शरीरका अन्य भागमा गहिरो चोट लागेको थियो। मृतकको शव काठमाडौँमै पोस्टमार्टमपछि चक्रघट्टा ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ। दुर्घटनापछि प्रहरीले स्कारपियो नियन्त्रणमा लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी
-
घरायसी विवाद हुँदा देवरले गरे भाउजूको हत्या
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
किशोरीद्वारा युवकमाथि चक्कु प्रहार, भाग्न खोज्दा लडेर घाइते
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट