बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

बेनिशाको मुटुभित्र कसले माग्यो बास ? (भिडियो)

आइतबार, २० जेठ २०७५, ०९ : ००
आइतबार, २० जेठ २०७५

काठमाडौं - उत्कृष्ट अभिनेत्रीको अवार्ड उचाल्न सफल लोकप्रिय नायिका बेनिशा हमालको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक कन्काईस्ट राईको आवाजमा ‘मुटुभित्रै देउन मलाई बास’ बोलको गीतमा बेनिसाको अभिनय देख्न सकिन्छ । बेनिसासँग मोडल टंकराज कुलुङले (फिचिरिङ) गरेका छन् ।

गायक कन्काइष्टको बिरासत–२ एल्वममा समावेश उक्त गीतको भिडियोमा बेनिशा हमाल र टंकराज कुलुङको रमाईलो अभिनय रहेको छ । चर्चित निर्देशक निकेश खड्काले भिडियो निर्देशन गरेका हुन् ।

भिडियोमा युगल जोडीबिचको मायाप्रेमको प्रशंगलाई समेटिएको छ । 

राजुबाबु श्रेष्ठको शब्द, राजनराज शिवाकोटीको संगीत संयोजन, साहस शाक्यको एरेञ्ज, रेकडिस् एजेन राई र मिक्सीङ चन्द्र चौधरीले गरेका हुन् । 

भिडियो शुक्रबार सार्वजनिक गरिएको हो । भिडियोमा सविना गुरुङको शृङगार, बुद्ध थापाको छाँयाङ्कन तथा विकास धमलाको सम्पादन रहेको छ ।

गीत हेर्नुहोस्ः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप