समितिमा रहेका विधेयक चैत मसान्त भित्रै प्रतिनिधि सभामा पेस गर्न अर्थमन्त्री पौडेलको आग्रह
काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिलेमा रहेका भन्सार, बफिया र धितोपत्र सम्बन्धी विधेयकमाथिको छलफल चैत मसान्त भित्रै सक्न आग्रह गरेका छन्। मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भन्सार विधेयकका विषय बोल्दै यस्तो बताएका हुन्।
मन्त्री पौडेलले अर्थ समितिले भन्सार विधेयक, बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक र धितोपत्र सम्बन्धी विधेयक चैत मसान्त भित्रै सक्दै प्रतिनिधि सभामा पेस गर्न माग गरेका छन्।
सरकारले विधेयकहरू बनाउन ढिला गरेको भन्ने गुनासो भन्दै अर्थमन्त्री पौडेलले आम मानिसहरूको गुनासो सम्बोधन गर्नका लागि पनि समितिले विधेयकहरूलाई चाँडै टुङ्ग्याएर जान जरुरी रहेको बताए।
उनले भन्सारलाई व्यवस्थित र सहज बनाउनका लागि भन्सार विधेयक आवश्यक रहेको बताए। समितिमा रहेका विधेयकमा दफावर छलफललाई तीव्रता दिन पनि उनले आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण