अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा मंगलबार भारत र अस्ट्रेलियाबिच पहिलो सेमिफाइनल खेल खेलिँदैछ । उक्त खेल दुबई इन्टरनेशलन क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, दिउँसो १४ः४५ बजे सुरु हुनेछ ।
यो खेलमा भारतीय ब्याट्सम्यान विराट कोहलीले केही कीर्तिमान आफ्नो नाममा पार्न सक्ने सम्भावना छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विराटले खेल्न लागेको यो ३०१औँ खेल हो । यसअघि यही प्रतियोगितामा न्युजिल्यान्डविरुद्ध आफ्नो ३००औँ खेल खेलेका थिए ।
तर, त्यो खेलमा विराट सस्तैमा पेभेलियन फर्किएका थिए । अस्ट्रेलियाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सके उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा आयोजित एकदिवसीय प्रतियोगिताको नकआउट चरणमा एक हजार रन बनाउने विश्वकै पहिलो ब्याट्सम्यान बन्नेछन् ।
हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै खेलाडीले यस्तो उपलब्धि हासिल गर्न सकेको छैन । विराटले हालसम्म आईसीसीद्वारा आयोजित प्रतियोगिताको नकआउट चरणमा नौ सय ३९ रन बनाएका छन् । थप ६१ रन बनाएमा उनी नकआउट चरणमा एक हजार रन पुरा गर्ने पहिलो ब्याट्सम्यान बन्नेछन् ।
यसैगरी, अस्ट्रेलियाविरुद्धको खेलमा विराटले शिखर धवनको नाममा रहेको कीर्तिमान पनि तोड्न सक्ने सम्भावना छ । हालसम्म च्याम्पियन्स ट्रफीमा भारतका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान शिखर धवन हुन् ।
भारतका पूर्वखेलाडी शिखर धवनले च्याम्पियन्स ट्रफीको १० खेलमा सात सय एक रन बनाएका छन् । कोहलीले भने च्याम्पियन्स ट्रफीको १६ खेलमा कुल ६ सय ६२ रन बनाएका छन् । अस्ट्रेलियाविरुद्ध ४० रन बनाउन सकेमा विराटले शिखर धवनको नाममा रहेको यो कीर्तिमान पनि तोड्ने छन् ।
च्याम्पियन्स ट्रफीको इतिहासमा सर्वाधिक रन बनाउने खेलाडी भने वेस्ट इन्डिजका क्रिस गेल हुन् । उनले च्याम्पियन्स ट्रफीको १७ खेलमा कुल सात सय ९१ रन बनाएका छन् । दोस्रो स्थानमा रहेका श्रीलंकाका माहेला जयाबद्र्धनेले २२ खेलमा कुल सात सय ४२ रन जोडेका छन् ।
यो सूचिमा तेस्रो स्थानमा शिखर धवन, चौथो स्थानमा श्रीलंकाका कुमार सांगाकारा (६८३ रन), पाँचौँ स्थानमा भारतका सौरभ गांगुली (६६५ रन) र छैटौँ स्थानमा विराट छन् । त्यसैले अस्ट्रेलियाविरुद्धको खेल विराटका लागि गतिलो अवसर पनि हो ।
यसैगरी, अस्ट्रयाविरुद्धको खेलमा थप दुई क्याच लिन सकेमा विराट कोहलीले अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङको कीर्तिमान पनि तोड्ने छन् । हालसम्म विराटले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय ५९ क्याच लिएका छन् । पोन्टिङले भने एक सय ६० क्याच लिएका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक क्याच लिने खेलाडी श्रीलंकाका माहेला जयाबद्र्धने हुन् । उनले चार सय ४८ खेलमा कुल दुई सय १८ क्याच लिएका छन् । यो सूचिमा पोन्टिङ दोस्रो र विराट तेस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण