राप्ती नदीमा गोही छाडियो
चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १०३ गोही राप्ती नदीमा छाडेको छ । साउनयता पटकपटक गरी ती गोही नदीमा छाडिएको हो । छाडिएकामध्ये एउटा भाले र अन्य पोथी गोही रहेका छन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस वर्ष छाडिएका गोही सन् २०२० मा कोरलिएका बच्चा हुन् । गत आर्थिक वर्षमा १०५ गोही नदीमा छाडिएका थिए । नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरेर प्रजनन् केन्द्रमा राखेर कोरल्ने गरिन्छ । त्यहाँ हुर्किएका गोहीलाई नदीमा छोड्ने गरिन्छ ।
हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा दुई हजार ६० गोही छाडिएको छ । यद्यपि ती गोही बच्ने दररेट निकै न्यून छ । थापामगरका अनुसार गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा १५२ र नारायणी ११३ गोही भेटिएका थिए । हाल प्रजनन केन्द्रमा ६९७ गोही रहेका छन् ।
घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मालगायत देशमा समेत पाइने गरेका घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन् । चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा १०० भन्दा कम सङ्ख्यामा घडियाल गोही रहेको अनुमान गरिन्छ ।
नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, माछा मारेर खानेलगायतका कारण गोही प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको सूचना अधिकारी थापामगरले बताए । बाढी आउँदा गोही बगेर सीमापारि पुग्ने समस्या छ । हरेक वर्ष नदीमा गोही छाड्ने गरे पनि अपेक्षाकृत रुपमा सङ्ख्या भने बढ्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण