सहकारी ठगीमा पक्राउ परेका जिसस म्याग्दीका प्रमुखलाई एमालेले गर्यो निलम्बन
पोखरा । सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानको क्रममा रहेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई नेकपा एमालेले निलम्बन गरेको छ । मंगलबार पोखरामा भएको प्रदेश कमिटीको सचिवालय बैठकले थापालाई निलम्बन गर्ने निर्णय गरेको उपसचिव तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिइन् ।
थापा म्याग्दीको कुमारी सहकारी ठगीको आरोपमा पक्राउ परेका हुन् । उनलाई प्रहरीले अनुसन्धान सकेर अदालतमा मुद्दा समेत दर्ता गरिसकेको छ । सहकारीको १ अर्ब ४९ करोड ठगी भएको आरोप छ । उक्त सहकारीको रकम ठगीको मुख्य योजनाकार नै थापा रहेको छानबिन समितिले ठहर गरेको थियो ।
सोही रिपोर्टका आधारमा पक्राउ परेका उनलाई प्रहरीले २५ दिनसम्म अनुसन्धान गरेको हो । थापालाई अदालतमा विचाराधीन मुद्दाको किनारा नलागेसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको अधिकारीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
-
अमेरिका-इरान तनाव र हुथीको आक्रमण: गहिरिँदै पश्चिम एसियाको सङ्कट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण