सहकारी ठगीमा पक्राउ परेका जिसस म्याग्दीका प्रमुखलाई एमालेले गर्यो निलम्बन

पोखरा । सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानको क्रममा रहेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई नेकपा एमालेले निलम्बन गरेको छ । मंगलबार पोखरामा भएको प्रदेश कमिटीको सचिवालय बैठकले थापालाई निलम्बन गर्ने निर्णय गरेको उपसचिव तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिइन् ।
थापा म्याग्दीको कुमारी सहकारी ठगीको आरोपमा पक्राउ परेका हुन् । उनलाई प्रहरीले अनुसन्धान सकेर अदालतमा मुद्दा समेत दर्ता गरिसकेको छ । सहकारीको १ अर्ब ४९ करोड ठगी भएको आरोप छ । उक्त सहकारीको रकम ठगीको मुख्य योजनाकार नै थापा रहेको छानबिन समितिले ठहर गरेको थियो ।
सोही रिपोर्टका आधारमा पक्राउ परेका उनलाई प्रहरीले २५ दिनसम्म अनुसन्धान गरेको हो । थापालाई अदालतमा विचाराधीन मुद्दाको किनारा नलागेसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको अधिकारीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीबाट राज्यमन्त्री गर्बुजाले लिए शपथ
-
अल–आहलीलाई उपाधि चुमाउँदै ऐतिहासिक खेलाडी बने फर्मिनो, मेन्डी र माहरेज
-
मेट गालामा डेब्यू गर्दैछन् दिलजित दोसांझ
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
९० को दशकसम्म नेतृत्व नछाड्ने ओली र प्रचण्डको सङ्केत
-
मेस्सी र स्वारेजको गोलसँगै इन्टर मियामीको सजिलो जित