चार बुँदे निर्णय गर्दै दसौँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक सम्पन्न
काठमाडौँ। कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको पहिलो बैठक मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले विभिन्न चार बुँदे निर्णय गरेको छ ।
बैठकले दसौँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सुर्खेतमा यही फागुन २५ स्थापना गर्ने, दसौँ राष्ट्रिय खेलकुदको सह–आयोजकको रूपमा कर्णाली प्रदेश सरकार रहने व्यवस्था भएकोले सो कार्य सम्पादनका लागि अनुरोध गर्ने, दसौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्नका लागि पूर्वाधार निर्माण एवं स्तरोन्नति कार्यमा खर्च गर्ने गरी खेलकुद परिषद् अन्तर्गत खर्च नहुने पुँजीगत रकम मध्येबाट कर्णाली प्रदेशलाई बजेट रकम हस्तान्तरणका लागि नेपाल सरकार अर्थ मन्त्रालय मार्फत आवश्यक प्रक्रियाका लागि अनुरोध गर्ने र दसौँ राष्ट्रिय खेलकुद तथा प्रथम राष्ट्रिय पारा खेलकुद सञ्चालन तथा व्यवस्थापन सम्बन्धी (पूर्व तयारी, उद्घाटन एवं खेल सञ्चालन र समापन) कार्ययोजना पेस गर्न कार्यसम्पादन समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।
सो अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले दसौँ राष्ट्रिय खेलकुदको शीर्षकगत खर्चको विवरणलगायतका विषयमा जानकारी गराएका थिए ।
खेलकुद मन्त्री चौधरीले दसौँ राष्ट्रिय खेलकुद अब कुनै हालतमा नसर्ने बताउँदै सम्बन्धित सबैलाई तयारीमा जुट्न आग्रह गरे । कर्णाली प्रदेशका मुख्य मन्त्री यमलाल कँडेलले दसौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि पनि गौरवको विषय भएकाले यसलाई सफल पार्न कर्णाली प्रदेश सरकारले सरोकारवालासँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिका सभापति अम्बरबहादुर थापा, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका बोर्ड सदस्य, विभिन्न राष्ट्रिय खेल संघका, होटल एसोसिएसन नेपालका, उद्योग वाणिज्य महासंघका, विभागीय टोली, ओलम्पियन एसोसिएन अफ नेपाल, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
यही फागुन १५ गते बसेको राखेपको १२१ औँ बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण