वित्तीय चेतनाका लागि ग्लोबल मनी विक मनाउँदै राष्ट्र बैँक
बुधबार, २१ फागुन २०८१, १२ : ५४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विक (जीएमडब्ल्यू) २०२५ मनाउने भएको छ । आगामी चैत ४ देखि १० गतेसम्म जीएमडब्ल्यू मनाउने बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार मनी विकले वित्तीय ज्ञान, सीप र व्यवहारको विकास गर्ने उद्देश्य राखेको छ ।
उक्त अभियानले बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने बताइएको छ । विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवा माझ पुगिसकेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक सहयोग र विकास सङ्गठन (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष (जीएमडब्ल्यू) विश्वभर मनाउने गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
लाभको बाँडफाँटसम्बन्धी बहस जायज
-
संरक्षण क्षेत्रको नीतिमा व्यापक सुधार आवश्यक
-
पेन्टागनले चुपचाप सच्यायो हताहतको विवरण, मृतक र घाइते अमेरिकी सैनिक ६ सय नाघे
-
सुनसरीमा झडप : सचेतक परियारद्वारा संयम अपनाउन र निष्पक्ष छानबिन गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण