निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने तयारी
काठमाडौँ । निजामती कर्मचारीहरूको उमेर हद बढाउने तयारी भएको छ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथिको छलफलमा निजामती कर्मचारीको उमेर हद बढाउने विषयमा भइरहेको छलफल सकारात्मक रूपले अघि बढिरहेको हो ।
समितिले विधेयकमाथि सांसदहरूले राखेको संशोधन प्रस्तावसमेतको अध्ययनसहित प्रतिवेदन बुझाउन नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा बनाएको समितिमा उमेर हद बढाउनेबारे भइरहेको छलफल सकारात्मक रूपमा अगाडि बढेको हो ।
उपसमितिका सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले निजामती कर्मचारीको उमेर हद बढाउने विषयमा छलफल भइरहेको र त्यो छलफल सकारात्मक तरिकाले अगाडि बढिरहेको जानकारी दिए । ‘निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने विषयमा छलफल भइरहेको छ । छलफल सकारात्मक रूपमा अगाडि बढिरहेको छ,’ तामाङले रातोपाटीसँग भने ।
उमेर हद बढाउनु पर्ने कारण के हो भन्ने प्रश्नमा सांसद तामाङले वर्तमान निजामती सेवा ऐन बनाउँदा नेपालीको औसत आयु ६२ वर्ष भएकाले उमेर हद ५८ वर्ष बनाइएको र अहिले कर्मचारीको उमेर हद पछिल्लो जनगणनाअनुसार ७२ वर्ष पुगिसकेकाले ६० बनाउने विषयमा छलफल गरिएको जानकारी दिए । ‘अहिलेको निजामती सेवा ऐन २०४८ सालमा बनाउँदा नेपालीहरूको औसत आयु ६२ वर्ष थियो । र कर्मचारीहरूको उमेर हद ५८ वर्ष बनाइयो,’ तामाङले भने, ‘अहिले पछिल्लो जनगणनाअनुसार औसत आयु ७२ वर्ष पुगिसक्यो । त्यसैले ६० वर्षे उमेर हद राख्नका लागि कानुनमा व्यवस्था गर्न लागिएको हो ।
५८ वर्षमै अवकाश हुँदा अनुभवी कर्मचारी बेलैमा घर जाने र नयाँ आउने कर्मचारीसँग ज्ञान भए पनि अनुभवको कमी हुने समितिमा सांसदहरूको तक छ । यो विषयमा अनौपचारिक सहमति सांसदहरूबिच जुटिसकेको अर्का एक सांसदले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण