गायक प्रमोद खरेलले जिते प्रतिलिपि अधिकारको मुद्दा
काठमाडौँ । विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक दम्पती सुवास रेग्मी र लिला शर्माविरुद्धको प्रतिलिपि अधिकार उल्लंघनको मुद्दामा उच्च अदालत पाटनले पनि काठमाडौँ जिल्ला अदालतको फैसला सदर गरेको छ ।
उच्च अदालतका न्यायधीशद्वय लेखनाथ पौडेल र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले मंगलबार उक्त मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौँको निर्णय सदर गर्ने फैसला सुनाएका हुन् ।
गायक प्रमोद खरेल निवेदक र नेपाल सरकार वादी रहेको मुद्दामा खरेलका पक्षबाट अधिवक्ता सज्जन वरसिंह थापा, शालिकराम सापकोटा र ईश्वर अधिकारीले बहस गरेका थिए ।
विन्ध्यवासिनी म्युजिक प्रालिले प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै गायक प्रमोद खरेलले २०७७ सालमा जाहेरी दिएका थिए । उक्त मुद्दामा काठमाडौँ जिल्ला अदालतले प्रतिलिपि अधिकार उल्लंघनको कसुरमा दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना र सर्जकलाई एल्बम् फिर्ता गर्न आदेश दिएको थियो ।
तर, सरकारी वकिलले सजाय कम भएको भन्दै उच्च अदालत पाटनमा पुनः मुद्दा दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण